प्रधानसेनापतिद्वारा भवन शिलान्यास « Khabarhub

प्रधानसेनापतिद्वारा भवन शिलान्यास


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले काभ्रे बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण हुने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।

 चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा विश्वविद्यालय सञ्चालनमा ल्याइने उद्घोषानुरुप विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शिलान्यास गरिएको हो । विश्वविद्यालय निर्माणकार्यको सिलसिला आव  २०७६/७७ बाटै प्रारम्भ भएको थियो ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले उक्त विश्वविद्यालय स्थापना गरिएको हो ।

निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायका अधिकृतको राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने हेतुले स्थापना गरिएको विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

रणनीतिक संस्कारको विकास तथा उच्चस्तरको नागरिक-सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यअनुरूप सो विश्वविद्यालयको स्थापना गरिएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ०२ बजे

मूल्य बढी पाइने आशमा बोटमै जुनार

रामेछाप– मुलुक चुनावी माहोलले तातिएको छ । तर यहाँका किसानलाई

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज