शिविरबाट १५४ जनाको आँखा शल्यक्रिया « Khabarhub

शिविरबाट १५४ जनाको आँखा शल्यक्रिया


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनगढी– गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा आयोजना गरेको आँखा शिविरबाट १५४ जनाको ज्योति फर्काएको छ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र नेपाल बालबालिका सहायता कार्यक्रमको आयोजनामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार १२९ जना आँखाका बिरामीले सेवा लिएका थिए ।

१ हजार १२९ जनाको आँखाको जाँच गरिएकोमा १५४ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए । १५३ जनाको आँखामा मोतियाबिन्दु र एकजनाको ट्रकोमाको शल्यक्रिया गरिएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका वा नम्बर ३ बलचौरमा सञ्चालित चालित आँखा शिविरमा ४६७ जना आँखाका बिरामीलाई निःशुल्क चश्मा उपलब्ध गराइएको छ भने ५०८ जना आँखाका रोगीको निःशुल्क औषधि उपचार गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ४६ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा