खोटाङका १४ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण « Khabarhub

खोटाङका १४ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उठेका २२ मध्ये १४ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् । शुक्रबारसम्ममा प्रतिनिधिसभा सदस्यतर्फका पाँच, प्रदेशसभा (क)का पाँच र प्रदेशसभा (ख)तर्फका चार उम्मेदवारले निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ आठ, प्रदेशसभा (क)तर्फ आठ र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार उठेका थिए ।

हालसम्म प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार बिशाल भट्टराईले १० लाख ९३ हजार, नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राईले १७ लाख ३३ हजार, राप्र्रपाका उम्मेदवार सर्जु श्रेष्ठले आठ लाख ८२ हजार पाँच सय, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले नौ हजार र आमुल परिवर्तन मसिहा पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चन्द्रमणि राईले २५ हजार खर्च भएको विवरण पेश गरेका छन् ।

यस्तै, प्रदेशसभा (क)तर्फ एमालेका उम्मेदवार पाँचकर्ण राईले नौ लाख ८५ हजार, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बिरबलकाजी राईले २० लाख ५५ हजार, नेकपा (माक्र्सवादी लेलिनवादी)का पदमप्रसाद आचार्यले ५० हजार, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राईले एक लाख एक हजार ७०० र नेपाल मजदुर किसान पार्टीका केशव राईले पाँच हजार खर्च भएको विवरण पेश गरेका छन् ।

प्रदेशसभा (ख)तर्फ एमालेका उम्मेदवार रामप्रसाद दंगालले पाँच लाख ८९ हजार, कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले १९ लाख ४१ हजार पाँच सय, जसपाका प्रदेशसभा प्रेमकुमार राईले दुई लाख आठ हजार र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले एक हजार निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी लोकेन्द्र राईले बताए । अन्य उम्मेदवारले निर्वाचन खर्च बुझाउन बाँकी छ । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ०६ बजे

मूल्य बढी पाइने आशमा बोटमै जुनार

रामेछाप– मुलुक चुनावी माहोलले तातिएको छ । तर यहाँका किसानलाई

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज