सुदूरपश्चिमसहितका क्षेत्रमा वर्षा, हिमाली क्षेत्रमा हिमपात « Khabarhub

सुदूरपश्चिमसहितका क्षेत्रमा वर्षा, हिमाली क्षेत्रमा हिमपात


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भएको छ ।

आज (सोमबार) बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ भने दिउँसो सुदूरपश्चिम र कर्णालीका केहि स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

भोलि मंगलबार पनि देशभर आंशिक बदली रहने अनुमान छ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ६ : ४६ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्