धाविका सुनमायालाई कर्णाली प्रदेश सरकारको सम्मान « Khabarhub

धाविका सुनमायालाई कर्णाली प्रदेश सरकारको सम्मान


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– अल्ट्रा म्याराथन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार सम्मान गरेको छ । थाइल्यान्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी बुढालाई कर्णाली प्रदेश सरकारले सम्मान गरेको हो ।

सोमबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर आएकी बुढालाई भएकी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्मान गरेका हुन् । बुढालाई सुर्खेत विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । ११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगितामा बुढाले दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन् ।

कर्णालीमा सयौं सुनमाया रहेको र उनीहरूको पहिचान गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीले बताए ।

‘खेल क्षेत्रको विकासका लागि कर्णाली सरकारले महत्वपूर्ण काम गरिरहेको छ,’ उनले भने, ‘कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रूपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको छ ।’

नेपालमै पहिलोपटक कर्णालीमा भलिवल कभर्डहल निर्माण पनि सुरु भएको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रदेश सरकारले प्रोत्साहनबापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको छ,’ उनले भने, ‘हामीले खेलाडीको उच्च सम्मान गर्ने लक्ष्य राखेका छौं ।’

प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : ०० बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो