मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन « Khabarhub

मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ ।

यसै साता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो । किसानहरुको प्रदर्शनका कारण फसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए ।

प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पञ्जावका सुरक्षा अधिकारी विवादमा तानिएका थिए । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको थियो ।

शुक्रबार मात्र सर्वोच्चले पन्जावका रजिस्टार जनरल र हरियाणा उच्च अदालतलाई प्रधानमन्त्रीको भ्रमणमा देखिएको ‘ठूलो सुरक्षा खतरा’ का सम्बन्धमा रेकर्ड सार्वजनिक गर्न हरियाणा उच्च अदालतलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ४५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको