मोदीको अभिव्यक्तिप्रति विप्लव समूहको आपत्ति « Khabarhub

मोदीको अभिव्यक्तिप्रति विप्लव समूहको आपत्ति


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभागबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने गरेको घोषणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाको अन्तर्राष्ट्रिय विभागले सोमबार विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूभागबाट चीनको मानसरोवर जोड्ने बनाइएको बाटो चौँडा र विस्तार गर्ने घोषणाप्रति नेपाल सरकार मौन बस्नु देश र जनताका लागि शर्मनाकको विषय बनेको बताएको छ ।

नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट आफ्नो सैनिक फिर्ता लैजानुको सट्टा मानसरोवर जोड्न बनाइएको बाटो चौडा र विस्तार गर्ने मोदीको घोषणाप्रति ध्यानाकर्षण भएको जनाएको विप्लव समूहले सो घोषणाप्रति मौन बस्ने नेपाल सरकारको रवैया देश र देश र जनताका लागि सर्मनाक विषय भएको बताएको हो ।

विभागका इन्चार्ज कञ्चनले सोमबार जारी गरेको विज्ञप्ति

भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ । नेपाली कांग्रे्रेसको नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रवैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय हो ।

हाम्रो पार्टी भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न जोडदार अपिल गर्दछ र नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गर्दछ । साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप हो । कूटनीतिक पहलबाट यी मुद्दाहरु सल्ट्याउन पनि हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ।

कञ्चन
इन्चार्ज
मिति : २६ पुस, २०७८ (१० जनवरी, २०२२)

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ०८ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन