नेप्सेमा दोहोरो अङ्कको वृद्धि « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.४३ अङ्कले उकालो लागेर दुई हजार ७८४.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१६ ले बढेर ५२२.५३ मा पुगेको छ ।

कूल २३६ कम्पनीको एक करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर रु सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३४ अर्ब २८ करोड २४ लाख ५० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १५.२८, होटल तथा पर्यटन ३७.७१ र उत्पादन ४७.७८ ले ओरालो लागेको छ । व्यापार ५७.११, विकास बैंक ३७.५८, जलविद्युत् ४०.७९, वित्त ७८.०९, निर्जीवन बीमा १९०.६५, अन्य ११३.४, लघुवित्त १२.२५, जीवन बीमा २१८.२, सामूहिक लगानी कोष ०.२२ र लगानी ०.९४ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड ७७ लाख ४० हजार ९१७ बराबरको कारोबार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण रु २१ करोड ८२ लाख ८४ हजार, एचआइडिसिएल रु २१ करोड तीन लाख ७४ हजार ६६४, अपि पावर कम्पनी रु १९ करोड २८ लाख १४ हजार ६९७ र नेशनल हाइड्रोपावर रु १८ करोड ९४ लाख ४६ हजार २१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मध्यभोटेकोशी जलविद्युत् कम्पनी र युनियन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक ९.९८, खानीखोला हाइड्रोपावर ८.२० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.०५ प्रतिशतले कमाए । प्रभु सेलेक्ट फण्ड ३.१७, चन्द्रागिरि हिल्स २.९९, कुमारी बैंक २.४२, नेपाल बङ्गलादेश बैंक २.३५ र सेञ्चुरी बैंकका लगानीकर्ताले २.२८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ५ : २९ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा