भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस « Khabarhub

भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासले सोमबार काठमाडौँमा विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ ।

दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख नवीन कुमारको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा दिएको सन्देश पढेर सुनाए । भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको सन्देश तथा शुभकामना भिडियोमार्फत प्रस्तुत गरियो ।

नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथिको रुपमा उपस्थित थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा डा उषा ठाकुर विशिष्ट अतिथि थिइन् । विश्व हिन्दी दिवसको अवसरमा विशेष गरी हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा भारतबाट आएका तीन प्रख्यात कवि सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा काठमाडौँका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरे जसका लागि उनीहरुलाई पुरस्कृत गरिएको थियो । हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार करुणा झाको कविता संग्रहको विमोचन गरियो।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँका विद्यार्थीहरुले समूह गीत प्रस्तुत गरेका थिए । आफ्नो मन्तव्यका क्रममा मुख्य अतिथि राकेशले भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको सदियौंदेखि अहम् भूमिका रहेको बताए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ३३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल