चिनियाँ राष्ट्रपतिलाई श्रीलंकाका सांसदको सनसनीपूर्ण पत्र « Khabarhub

चिनियाँ राष्ट्रपतिलाई श्रीलंकाका सांसदको सनसनीपूर्ण पत्र


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाका एकजना सत्तारुढ दलका सांसदले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सनसनीपूर्ण पत्र लेखेका छन् । श्रीलंकास्थित चिनियाँ दूतावास र श्रीलंकाली राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रालयलाई बोद्धाथ दिएर सत्तारुढ पार्टीका सांसद विजेयादासा राजापाक्षेले पत्र लेखेको द इकोनोमिक्स टाइम्सले जनाएको छ । यही जनवरी ३ तारिखको मितिमा लेखिएको पत्रमा चीनले श्रीलंकालाई ऋणको पासोमा पारेको उल्लेख गरिएको छ ।

उनले पत्रमा कोरोना भाइरविरुद्धको भ्याक्सिनका लागि चीनले अतिरिक्त रकम लिएको र गुणस्तरहीन मल आपूर्ति गरेकोसमेत उल्लेख गरेका छन् । चीनले पठाएको मल गुणस्तरहीन भएको भन्दै श्रीलकाले अस्वीकार गरेपछि मल बोकेको चिनियाँ पानी जहाँज लामोसमयदेखि श्रीलंका नजिक समुद्रमै छ । चीनले सो मल फिर्ता लिन मानेको छैन भने श्रीलंकाले पनि सो मल स्वीकार नगर्ने बताउँदै आएको छ ।

श्रीलंकाको हमबानटोटा बन्दरगाह निर्माणमा चीनले ऋण दिएको थियो । उक्त ऋणमा श्रीलंका नराम्ररी फसेको टिप्पणीहरु भइरहेका छन् । सन् २००५ मा महिन्दा राजापाक्षे सरकारले चीनसँग ६ प्रतिशतभन्दा धेरै ब्याजदरमा ऋण लिएको उल्लेख गरेका छन् ।

उनले चीन कोलम्बो बन्दरगाह, दक्षिणी टर्मिनल, कोइलाबाट ऊर्जा निस्कने प्लान्ट, मटालास्थित अन्तर्राष्ट्रिय विमानस्थल, क्रिकेट स्टेडियम जस्ता आयोजनामा चीन प्रवेश गरेको उल्लेख गरेका छन् ।

कोलम्बोबाट सांसद रहेका राजापाक्षेको राष्ट्रपति गोटबाय राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग कुनै पारिवारिक सम्बन्ध भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ४१ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध