चिनियाँ राष्ट्रपतिलाई श्रीलंकाका सांसदको सनसनीपूर्ण पत्र « Khabarhub

चिनियाँ राष्ट्रपतिलाई श्रीलंकाका सांसदको सनसनीपूर्ण पत्र


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाका एकजना सत्तारुढ दलका सांसदले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सनसनीपूर्ण पत्र लेखेका छन् । श्रीलंकास्थित चिनियाँ दूतावास र श्रीलंकाली राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रालयलाई बोद्धाथ दिएर सत्तारुढ पार्टीका सांसद विजेयादासा राजापाक्षेले पत्र लेखेको द इकोनोमिक्स टाइम्सले जनाएको छ । यही जनवरी ३ तारिखको मितिमा लेखिएको पत्रमा चीनले श्रीलंकालाई ऋणको पासोमा पारेको उल्लेख गरिएको छ ।

उनले पत्रमा कोरोना भाइरविरुद्धको भ्याक्सिनका लागि चीनले अतिरिक्त रकम लिएको र गुणस्तरहीन मल आपूर्ति गरेकोसमेत उल्लेख गरेका छन् । चीनले पठाएको मल गुणस्तरहीन भएको भन्दै श्रीलकाले अस्वीकार गरेपछि मल बोकेको चिनियाँ पानी जहाँज लामोसमयदेखि श्रीलंका नजिक समुद्रमै छ । चीनले सो मल फिर्ता लिन मानेको छैन भने श्रीलंकाले पनि सो मल स्वीकार नगर्ने बताउँदै आएको छ ।

श्रीलंकाको हमबानटोटा बन्दरगाह निर्माणमा चीनले ऋण दिएको थियो । उक्त ऋणमा श्रीलंका नराम्ररी फसेको टिप्पणीहरु भइरहेका छन् । सन् २००५ मा महिन्दा राजापाक्षे सरकारले चीनसँग ६ प्रतिशतभन्दा धेरै ब्याजदरमा ऋण लिएको उल्लेख गरेका छन् ।

उनले चीन कोलम्बो बन्दरगाह, दक्षिणी टर्मिनल, कोइलाबाट ऊर्जा निस्कने प्लान्ट, मटालास्थित अन्तर्राष्ट्रिय विमानस्थल, क्रिकेट स्टेडियम जस्ता आयोजनामा चीन प्रवेश गरेको उल्लेख गरेका छन् ।

कोलम्बोबाट सांसद रहेका राजापाक्षेको राष्ट्रपति गोटबाय राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग कुनै पारिवारिक सम्बन्ध भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ४१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग