आज २०७८ साल माघ २७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७८ साल माघ २७ गते बिहीबारको राशिफल


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७८ माघ २७ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश ?

२७ गते बिहीबार
मेष : आजको दिन राम्रो छ। कला कौशल देखाउने अवसर छन्। प्रतियोगिता भए विजयी बन्नु हुनेछ। शिक्षाको क्षेत्रमा जोश जाँगर र उत्साह थपिने छ। राजनीति र सामाजिक क्षेत्र सामान्य रहे पनि स्वास्थ्य राम्रो हुनेछ।

वृष : दिन सामान्य राम्रो मान्न सकिन्छ। बोल्दा होस पुर्याउनुहोला। राम्रै बोले पनि नराम्रो सुन्ने धेरै छन्। शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक क्षेत्र सामान्य रहे पनि वैदेशिक क्षेत्रमा गरेको लगानीको फल प्राप्त हुनेछ।

मिथुन : आर्थिक क्षेत्र निकै सबल रहेको छ। शैक्षिक, राजनीतिक क्षेत्रमा भने सन्तोषजनक प्रतिफल पाउने सम्भावना छ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। समाज सेवामा अगाडि बढे प्रशंसा पाइने छ।

कर्कट : आजको दिन राम्रो छ। आर्थिक, सामाजिक क्षेत्रमा सामान्य छ। राजनीतिमा सफलता मिल्नेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ। आजको दिन तपाईको मन धार्मिक कार्यमा जानेछ।

सिंह : आजको दिन राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक क्षेत्रमा यथावत रहे पनि शैक्षिक क्षेत्रमा गरेको लगानीबाट उल्लेख्य फाइदा हुन्छ। अध्ययन अध्यापनमा जोश जाँगर बढ्नेछ। आफन्तको समेत सहयोग मिल्ने योग छ। परीक्षाको तयारी गरेको भए राम्रो हुनेछ।

कन्या : स्वास्थ्य र शिक्षामा सामान्य छ। वैदेशिक लगानीमा सफलता मिल्नेछन्। अप्ठेरो काममा सफलता मिल्नेछ। तपाईंको सफलता देखेर खुट्टा तान्ने धेरै भएकाले जोगिएर काम गर्नुहोला। तपाईंको सफलता देखेर शत्रु बढ्नेछन्।

तुला : पठनपाठनमा रुची बढ्नेछ। रोकिएका काम बन्नेछन्। शैक्षिक क्षेत्रमा उन्नती हुने देखिन्छ। अध्ययनबाट प्रशंसा मिल्नेछ। लगानी गर्दा आफन्तले सहयोग गर्नेछन्। ऋण आवश्यक भए दिदीबहिनीसँग लिए फाइदा हुन्छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। आर्थिक वृद्धि हुनेछ। हनुमानको पूजा गरेर सुरु गरेको काममा सफलता मिल्नेछ।

धनु : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रतिफल राम्रो मिल्नेछ। बोलीका कारण समस्यामा पर्ने भएकाले विचार गरेर मात्र बोल्नुहोला। आजको दिनमा दाजुभाइबाट भने सतर्क रहनुहोला।

मकर : आजको दिन राम्रो छ। आर्थिक लाभ मिल्नेछ। शेयर लगानीमा फाइदा हुनेछ। बोल्दा भने ख्याल गर्नुपर्नेछ। भगवान रामलाई सम्झिएर गरेको काम सफल हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। नयाँमित्र बन्नेछन्। राम्रो लाभ लिनका निम्ति प्रयास छोड्नु हुँदैन। निर्माण कार्य गर्दै हुनुहुन्छ भने सल्लाह लिएर मात्र काम गर्नुहोला। मन प्रफुल्लित रहने छ।

मिन : कर्म क्षेत्रमा अब्बल ठहरिनु हुनेछ। धार्मिक कार्यमा रुची बढ्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासले सन्तोष मिल्नेछ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ५ : १३ बजे

टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा

काठमाडौं– काठमाडौँ क्षेत्र नं ५-बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बनेका

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो

मुम्बई– पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा

ट्रम्पले लागु गरेको ट्यारिफ असुली मंगलबारदेखि रोकिँदै, सम्झौता तोड्ने देशलाई फेरि दिए धम्की

वाशिङ्टन डीसी : अमेरिकी सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको आपतकालीन

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी

उत्तर कोरियामा किम यो जोङको पदोन्नति

सियोल– उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले नेता किम जोङ उनका