राप्रपा पदाधिकारी बैठक आज बस्दै « Khabarhub

राप्रपा पदाधिकारी बैठक आज बस्दै


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ।

बैठक धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने नेता सुन्दर पाण्डेले जानकारी दिएका छन्।

पछिल्लो समय पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुट, पार्टीलाई सम्भावित विभाजनबाट जोगाउनले र आगामी निर्वाचनमा सफलता कायम गर्ने विषयमा छलफल गर्ने तयारी रहेको उनले बताए।

साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने र देशभर सङ्गठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुने बताइएको छ ।

पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेपछि पदाधिकारी बैठक बस्न लागेको हो। थापा समूहका केही नेताले राप्रपा परित्याग गर्ने क्रम जारी रहेको छ। उनीहरुले नयाँ राजनीतिक दल स्थापना गर्न गृहकार्य गरिरहेका बुझिएको छ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ४५ बजे

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई

मनाङसँग चित्लाङ २-० ले पराजित

काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल

कर्णालीमा ९० उम्मेदवारको जमानत जफत

सुर्खेत- प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु

चितवन- नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप

समानुपातिकतर्फको मतगणना अन्तिमचरणमा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।