विश्व इतिहासमा फेब्रुअरी १० मा भएका प्रमुख विश्व घटना « Khabarhub

विश्व इतिहासमा फेब्रुअरी १० मा भएका प्रमुख विश्व घटना


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– सन् १९५२ फ्रेब्रुअरी १० अर्थात् आजकै दिन ७० वर्ष अगाडी भारत अंग्रेजबाट स्वतन्त्र भएपछि पहिलो आम चुनाव भएको थियो । भारतको पहिलो चुनाव जहावरलाल नेहरु नेतृत्वको कांग्रेसले जितेको थियो । चुनाव जितेपछि उहाँ स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री बन्नु भएको थियो । त्यतिबेला कांग्रेसले ४८९ सिटमध्ये ३६४ सिट जितेको थियो ।

– सन् २०१६ अर्थात ६ वर्ष अगाडि आजकै दिन संयुक्त अरब इमिरेट्स युएइमा नागरिकलाई खुसी बनाइराख्न भन्दै मन्त्रालय गठन गरिएको थियो । युएई सरकारले खुसी मन्त्रालय अर्थात मिनिस्ट्र अफ ह्यापिनेस) बनाएर मन्त्री नियुक्त गरेको थियो ।

– सन् २००५ मा आजको दिन उत्तर कोरियाले पहिलो पटक आफूसँग आणविक हतियार भएको घोषणा गरेको थियो । उत्तर कोरियाले अमेरिका विरुद्ध सुरक्षाको रूपमा हतियारहरू आवश्यक रहेको बताएका थिए ।

– सन् १९६४ मा आजको दिन अमेरिकी लोक गायक बब डिलनले ‘टाइमस आर ए चेन्जिङ्ग’ आफनो तेस्रो एल्बम रिलिज गरेका थिए । यो एल्बमलाई जातिवाद, गरिबी, र सामाजिक परिवर्तन जस्ता मुद्दाहरूको बारेमा गीतहरू प्रस्तुत गर्ने एक क्रान्तिकारी र विद्रोही एल्बमको रूपमा हेरिन्छ ।

– सन् १८१४ मा आजको दिन फ्रान्सको चामपाउबर्ट भएको लडाइमा नेपोलियन वर्नापाटको नेतृत्वमा रहेको सेनाले रुसलाई हराएको थियो ।

– सन् १९६२ मा आजको दिन अमेरिकी जासुस र रुसी जासुसको विनिमय भएको थियो । पाइलट फ्रान्सिस ग्यारी पावर्सलाई रुसीहरूले युरेपेली संघमाथि उडान गर्दा गोली हानेर गिरफ्तार गरेका थिए । उनलाई फिर्ता ल्याउनका लागि अमेरिकाले पाँच वर्ष अगाडी पक्राउ गरेका रुडोल्फ एबेल एक रूसी जासूसलाई छोडिदिएको थियो ।

– सन् २००३ मा आजको दिन अफगानिस्तान अन्तराष्ट्रिय फौजदारी अदालत आइसीसीको सदस्य बनेको थियो । अफगानिस्तान आइसीसीको सदस्य बन्ने ८९ औँ राष्ट्र थियो ।

– सन् २००३ मा आजको दिन फ्रान्स, जर्मनी र बेल्जियम टर्कीको रक्षाका लागी इराकमाथी आक्रमण गर्ने अमेरिकी योजनालाई अवरुद्ध गरेका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले भने यस निर्णयले नेटो गठबन्धनलाई नकारात्मक रूपमा असर गर्न बताउनु भएको थियो ।

– सन् १९७० मा आजको दिन फ्रान्सको भालडिसरीको एक स्की रिसोर्टमा हिमपहिरो खस्दा ४२ जनाको मृत्यु भएको थियो ।

– सन् २००९ को फेब्रुअरी १० मा रसिया र अमेरीकाको स्याटलाइट साइबेरियाको आकाशमाथि ठोक्किएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ५७ बजे

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई

मनाङसँग चित्लाङ २-० ले पराजित

काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल

कर्णालीमा ९० उम्मेदवारको जमानत जफत

सुर्खेत- प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु

चितवन- नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप

समानुपातिकतर्फको मतगणना अन्तिमचरणमा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।