– सन् १९५२ फ्रेब्रुअरी १० अर्थात् आजकै दिन ७० वर्ष अगाडी भारत अंग्रेजबाट स्वतन्त्र भएपछि पहिलो आम चुनाव भएको थियो । भारतको पहिलो चुनाव जहावरलाल नेहरु नेतृत्वको कांग्रेसले जितेको थियो । चुनाव जितेपछि उहाँ स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री बन्नु भएको थियो । त्यतिबेला कांग्रेसले ४८९ सिटमध्ये ३६४ सिट जितेको थियो ।
– सन् २०१६ अर्थात ६ वर्ष अगाडि आजकै दिन संयुक्त अरब इमिरेट्स युएइमा नागरिकलाई खुसी बनाइराख्न भन्दै मन्त्रालय गठन गरिएको थियो । युएई सरकारले खुसी मन्त्रालय अर्थात मिनिस्ट्र अफ ह्यापिनेस) बनाएर मन्त्री नियुक्त गरेको थियो ।
– सन् २००५ मा आजको दिन उत्तर कोरियाले पहिलो पटक आफूसँग आणविक हतियार भएको घोषणा गरेको थियो । उत्तर कोरियाले अमेरिका विरुद्ध सुरक्षाको रूपमा हतियारहरू आवश्यक रहेको बताएका थिए ।
– सन् १९६४ मा आजको दिन अमेरिकी लोक गायक बब डिलनले ‘टाइमस आर ए चेन्जिङ्ग’ आफनो तेस्रो एल्बम रिलिज गरेका थिए । यो एल्बमलाई जातिवाद, गरिबी, र सामाजिक परिवर्तन जस्ता मुद्दाहरूको बारेमा गीतहरू प्रस्तुत गर्ने एक क्रान्तिकारी र विद्रोही एल्बमको रूपमा हेरिन्छ ।
– सन् १८१४ मा आजको दिन फ्रान्सको चामपाउबर्ट भएको लडाइमा नेपोलियन वर्नापाटको नेतृत्वमा रहेको सेनाले रुसलाई हराएको थियो ।
– सन् १९६२ मा आजको दिन अमेरिकी जासुस र रुसी जासुसको विनिमय भएको थियो । पाइलट फ्रान्सिस ग्यारी पावर्सलाई रुसीहरूले युरेपेली संघमाथि उडान गर्दा गोली हानेर गिरफ्तार गरेका थिए । उनलाई फिर्ता ल्याउनका लागि अमेरिकाले पाँच वर्ष अगाडी पक्राउ गरेका रुडोल्फ एबेल एक रूसी जासूसलाई छोडिदिएको थियो ।
– सन् २००३ मा आजको दिन अफगानिस्तान अन्तराष्ट्रिय फौजदारी अदालत आइसीसीको सदस्य बनेको थियो । अफगानिस्तान आइसीसीको सदस्य बन्ने ८९ औँ राष्ट्र थियो ।
– सन् २००३ मा आजको दिन फ्रान्स, जर्मनी र बेल्जियम टर्कीको रक्षाका लागी इराकमाथी आक्रमण गर्ने अमेरिकी योजनालाई अवरुद्ध गरेका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले भने यस निर्णयले नेटो गठबन्धनलाई नकारात्मक रूपमा असर गर्न बताउनु भएको थियो ।
– सन् १९७० मा आजको दिन फ्रान्सको भालडिसरीको एक स्की रिसोर्टमा हिमपहिरो खस्दा ४२ जनाको मृत्यु भएको थियो ।
– सन् २००९ को फेब्रुअरी १० मा रसिया र अमेरीकाको स्याटलाइट साइबेरियाको आकाशमाथि ठोक्किएको थियो ।













प्रतिक्रिया