भिल्ला र लिड्सको बराबरी « Khabarhub

भिल्ला र लिड्सको बराबरी


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एस्टन भिल्ला र लिड्स युनाइटेडले ३-३ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो २२औं खेलमा दुबै टोलीले जितको प्रयास गरेपनि सफल भएनन्। भ्रमणकारी टोली लिड्सले खेलमा अग्रता बनाएको थियो ।

बुधबार राति भएको खेलमा लिड्सका लागि डानियल जेम्सले दुई गोल गर्दा डियगो लोरेन्टेले एक गोल गरे । एस्टन भिल्लाका लागि ज्याकोब राम्सीले दुई गोल गर्दा फिलिपे कौटिन्होले एक गोल गरे । राम्सीको दुबै गोलमा कौटिन्होले पास मिलाएका थिए ।

बराबरिसंगै भिल्ला २२ खेलबाट २७ अंक सहित ११औं स्थानमा छ । लिड्स भने २३ खेलबाट १५औं स्थानमा छ ।

गए राति नै भएको अर्को खेलमा विलफ्रेड जाहाले पेनाल्टी चुकाउदा क्रिस्टल प्यालेसले नर्विच सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको पहिलो मिनेटमै टिमु पुकिले घरेलु टोली नर्विचलाई अग्रता दिलाएका थिए । खेलमा ६०औं मिनेटमा जाहाले गोल गर्दै खेल बराबरिमा ल्याए । ६३औं मिनेटमा पाएको पेनाल्टी जाहाले सदुपयोग गर्न नसक्दा भ्रमणकारी टोली प्यालेस जितबाट बन्चित भयो ।

बराबरिसंगै प्यालेस २५ अंक सहित १३औं स्थानमा छ । नर्विच भने १७ खेलबाट १८औं स्थानमा रहदा रेलिगेशन जोनमै रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : ०६ बजे

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम