विद्युतीय राहदानी वितरण गर्नेमा दोस्रो मलेसिया दूतावास « Khabarhub

विद्युतीय राहदानी वितरण गर्नेमा दोस्रो मलेसिया दूतावास



दोहा – मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ ।

नेपाली दूतावासले बुधबार एक कार्यक्रम गरी विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरुवात गरेको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका श्यामकुमार चौधरीको राहदानी नवीकरण गरी कार्यक्रमको सुरुवात गरिएको हो।

दूतावासका अनुसार राहदानी विभागबाट उनको राहदानी प्रिन्ट गरियो। दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरण गरेको छ।

दूतावासले पहिलो एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने जनाएको छ। थप सूचना दूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुकमार्फत जानकारी गराइने छ।

विद्युतीय राहदानी सुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सम्बोधन गरेका थिए । महानिर्देशक अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने तर यन्त्रबाचक राहदानी जारी नहुने बताए ।

कार्यक्रममा नेपाली दूतावास मलेसियाका कार्यवाहक राजदूत मोतीबहादुर श्रीस, दूतावासका कर्मचारीहरू, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक  एल्भिन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरू र सेवाग्राहीको उपस्थिति थियो।

कार्यक्रममा कार्यवाहक राजदूत श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुने गरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आबद्ध रहेको दूतावासले जनाएको छ ।

यो सफलतासँगै नेपाली दूतावास मलेसिया विद्युतीय राहदानी प्रणाली प्रयोगमा ल्याउने दोस्रो नेपाली दूतावास बनेको छ । केही दिनअघि मात्र दोहास्थित नेपाली दूतावासबाट यो सेवाको सुरुवात भैसकेको छ ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ७ : ५२ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु