विद्युतीय राहदानी वितरण गर्नेमा दोस्रो मलेसिया दूतावास « Khabarhub

विद्युतीय राहदानी वितरण गर्नेमा दोस्रो मलेसिया दूतावास



दोहा – मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ ।

नेपाली दूतावासले बुधबार एक कार्यक्रम गरी विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरुवात गरेको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका श्यामकुमार चौधरीको राहदानी नवीकरण गरी कार्यक्रमको सुरुवात गरिएको हो।

दूतावासका अनुसार राहदानी विभागबाट उनको राहदानी प्रिन्ट गरियो। दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरण गरेको छ।

दूतावासले पहिलो एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने जनाएको छ। थप सूचना दूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुकमार्फत जानकारी गराइने छ।

विद्युतीय राहदानी सुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सम्बोधन गरेका थिए । महानिर्देशक अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने तर यन्त्रबाचक राहदानी जारी नहुने बताए ।

कार्यक्रममा नेपाली दूतावास मलेसियाका कार्यवाहक राजदूत मोतीबहादुर श्रीस, दूतावासका कर्मचारीहरू, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक  एल्भिन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरू र सेवाग्राहीको उपस्थिति थियो।

कार्यक्रममा कार्यवाहक राजदूत श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुने गरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आबद्ध रहेको दूतावासले जनाएको छ ।

यो सफलतासँगै नेपाली दूतावास मलेसिया विद्युतीय राहदानी प्रणाली प्रयोगमा ल्याउने दोस्रो नेपाली दूतावास बनेको छ । केही दिनअघि मात्र दोहास्थित नेपाली दूतावासबाट यो सेवाको सुरुवात भैसकेको छ ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : ५२ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना