बेलायतमा कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाइँदै « Khabarhub

बेलायतमा कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाइँदै


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतमा कोरोनासम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु दुई साताभित्र हटाइने भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले संसदमा कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको जानकारी दिएका हुन्।

परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफैँ आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा सकिँदैछ ।

कोभिड संक्रमण घट्दै गएको र विज्ञहरुको सुझाबविपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।

सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ९ : ४६ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम