अफगानिस्तामा नाटोका आधुनिक हतियार प्रयोग गरेको पाकिस्तनको दाबी तालिबानद्वारा खारेज « Khabarhub

अफगानिस्तामा नाटोका आधुनिक हतियार प्रयोग गरेको पाकिस्तनको दाबी तालिबानद्वारा खारेज


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा तेहरिक इ तालिबानविरुद्ध नाटोका आधुनिक हतियारहरु प्रयोग गरेको भन्ने पाकिस्तानको दाबीलाई तालिबानले खारेज गरिदिएको छ।

नाटोका सेनाहरु अफगानिस्तान छोडेपछि उनीहरुले प्रयोग गर्ने हतियारहरु अहिले पाकिस्तानले तेहरिक इ तालिबान विरुद्ध प्रयोग गरिरहेको पाकिस्तानले दाबी गरेको थियो।

पाकिस्तानको उक्त दाबीपछि तालिबान सरकारका सहायक प्रवक्ता बिलाल कारिमीले अफगानको माटोमा अर्को कुनै पनि मुलुकलाई खतरा नभएको प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले अहिले पाकिस्तानमा समस्या देखिएको र त्यो पाकिस्तानको आन्तरिक मामिला भएकोले आफूहरुले उक्त मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।

अफगानिस्तानमो तेहरिक इ तालिबानको उपस्थिति रहेको भन्ने पाकिस्तानको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताएको छ। अफगानिस्तानको भूमि कुनै पनि मुलुकको विरुद्धमा प्रयोग नहुनेमा पनि ढुक्क रहन पनि उनले आग्रह गरेका छन्।

यसअघि पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रासिद अहमदले अफगानिस्तानमा नाटोका सैन्य बलले छोडेर गएका आधुनिक हतियारहरु अहिले पाकिस्तानले तेहरिक इ तालिबानविरुद्ध प्रयोग गरिरहेको बताएका थिए।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : ३२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब