अफगानिस्तामा नाटोका आधुनिक हतियार प्रयोग गरेको पाकिस्तनको दाबी तालिबानद्वारा खारेज « Khabarhub

अफगानिस्तामा नाटोका आधुनिक हतियार प्रयोग गरेको पाकिस्तनको दाबी तालिबानद्वारा खारेज


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा तेहरिक इ तालिबानविरुद्ध नाटोका आधुनिक हतियारहरु प्रयोग गरेको भन्ने पाकिस्तानको दाबीलाई तालिबानले खारेज गरिदिएको छ।

नाटोका सेनाहरु अफगानिस्तान छोडेपछि उनीहरुले प्रयोग गर्ने हतियारहरु अहिले पाकिस्तानले तेहरिक इ तालिबान विरुद्ध प्रयोग गरिरहेको पाकिस्तानले दाबी गरेको थियो।

पाकिस्तानको उक्त दाबीपछि तालिबान सरकारका सहायक प्रवक्ता बिलाल कारिमीले अफगानको माटोमा अर्को कुनै पनि मुलुकलाई खतरा नभएको प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले अहिले पाकिस्तानमा समस्या देखिएको र त्यो पाकिस्तानको आन्तरिक मामिला भएकोले आफूहरुले उक्त मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।

अफगानिस्तानमो तेहरिक इ तालिबानको उपस्थिति रहेको भन्ने पाकिस्तानको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताएको छ। अफगानिस्तानको भूमि कुनै पनि मुलुकको विरुद्धमा प्रयोग नहुनेमा पनि ढुक्क रहन पनि उनले आग्रह गरेका छन्।

यसअघि पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रासिद अहमदले अफगानिस्तानमा नाटोका सैन्य बलले छोडेर गएका आधुनिक हतियारहरु अहिले पाकिस्तानले तेहरिक इ तालिबानविरुद्ध प्रयोग गरिरहेको बताएका थिए।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : ३२ बजे

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई

मनाङसँग चित्लाङ २-० ले पराजित

काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल

कर्णालीमा ९० उम्मेदवारको जमानत जफत

सुर्खेत- प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु

चितवन- नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप