छोरा जन्माउन टाउकोमा साढे दुई इन्च लामो किला गाडेकी गर्भवती अस्पताल पुगेपछि … « Khabarhub

छोरा जन्माउन टाउकोमा साढे दुई इन्च लामो किला गाडेकी गर्भवती अस्पताल पुगेपछि …


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद – टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेसावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन् । अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन् । साढे दुई इन्च लामो किला आफै गाडेको उनको अस्पतालका कर्मचारी सशङ्कित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी बाध्य हुन्छिन् ।

एक अन्धविश्वासीले गर्भवती महिलाले टाउको किला गाड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन् । वास्तवमा उनै अन्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्यामरले किला गाडिदिएका थिए । लेडी रिडिङ अस्पतालका डा. हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महसुस गरेको बीबीसीलाई बताए ।

एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएकी पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन ओटा छोरी छन् । अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउँदै आएका छन् ।

‘उनी तीन महिनाकी गर्भवती रहिछन् । पतिको धम्कीका कारण उनी अन्धविश्वसी व्यक्तिमा गएकी रहेछिन्,’अस्पतालका एक कर्मचारीले भने ।

पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ  । विशेष गरी उत्तर पश्चिम पाकिस्तानमा यस्तो विश्वास धेरैमा देखिन्छ । एउटा ट्विटमा पेशावर प्रहरी प्रमुख अब्बास अहसनले दोषीलाई कानुनको कठघरमा ल्याउन एउटा विशेष अनुसन्धान समूह गठन गरिएको बताएका छन् ।

प्रहरीले पीडित महिलामार्फत दोषीलाई पत्ता लगाउन अस्पतालका कर्मचारीहरूसँग सोधपुछ र अन्तरवार्ता गरेको छ । कर्मचारीले टाउको बाट किला हटाइदिएपछि ती महिला आफ्नो बाटो लागेकी थिइन्।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ५० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट