छोरा जन्माउन टाउकोमा साढे दुई इन्च लामो किला गाडेकी गर्भवती अस्पताल पुगेपछि … « Khabarhub

छोरा जन्माउन टाउकोमा साढे दुई इन्च लामो किला गाडेकी गर्भवती अस्पताल पुगेपछि …


२७ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद – टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेसावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन् । अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन् । साढे दुई इन्च लामो किला आफै गाडेको उनको अस्पतालका कर्मचारी सशङ्कित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी बाध्य हुन्छिन् ।

एक अन्धविश्वासीले गर्भवती महिलाले टाउको किला गाड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन् । वास्तवमा उनै अन्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्यामरले किला गाडिदिएका थिए । लेडी रिडिङ अस्पतालका डा. हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महसुस गरेको बीबीसीलाई बताए ।

एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएकी पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन ओटा छोरी छन् । अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउँदै आएका छन् ।

‘उनी तीन महिनाकी गर्भवती रहिछन् । पतिको धम्कीका कारण उनी अन्धविश्वसी व्यक्तिमा गएकी रहेछिन्,’अस्पतालका एक कर्मचारीले भने ।

पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ  । विशेष गरी उत्तर पश्चिम पाकिस्तानमा यस्तो विश्वास धेरैमा देखिन्छ । एउटा ट्विटमा पेशावर प्रहरी प्रमुख अब्बास अहसनले दोषीलाई कानुनको कठघरमा ल्याउन एउटा विशेष अनुसन्धान समूह गठन गरिएको बताएका छन् ।

प्रहरीले पीडित महिलामार्फत दोषीलाई पत्ता लगाउन अस्पतालका कर्मचारीहरूसँग सोधपुछ र अन्तरवार्ता गरेको छ । कर्मचारीले टाउको बाट किला हटाइदिएपछि ती महिला आफ्नो बाटो लागेकी थिइन्।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : ५० बजे

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,