उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते « Khabarhub

उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटनामा त्रियुगा नगरपालिका- १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याउने क्रम जारी रहेको र मृतक मग्रातीको शव कानुनी प्रक्रिया पूरा गरी ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी सुबवसचन्द्र बोहोराले जानकारी दिए ।

घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १२ : ५४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष