यी हुन् माछा खाँदा पाइने ६ स्वास्थ्य लाभहरू « Khabarhub

यी हुन् माछा खाँदा पाइने ६ स्वास्थ्य लाभहरू


२७ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भिटामिन, मिनिरल र पोषणको भरपुर भण्डार हो, माछा । यसमा प्रोटीन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्पलेक्स, क्याल्सियम जस्ता गुण पाइन्छ । कम वोसोयुक्त स्वास्थ्यबर्धक माछा सातामा एक पटक खाँदा मात्र निकै धेरै लाभहरू पाउन सकिन्छ ।

यस्ता छन् माछा खानुका फाइदाहरु :
क) उच्च रक्तचाप घटाउन
उच्च रक्तचापका समस्या भएकाहरुले माछा सेवन गर्नु निकै फाइदाजनक हुन्छ । यसले शरीरमा कोलोस्टोरको स्तर कम गर्छ ।

ख) मधुमेह नियन्त्रण
मधुमेह रोगीका लागि माछाको सेवन एकदमै लाभदायक हुन्छ । यसले मधुमेहको स्तर घटाउन मद्दत गर्दछ ।

ग) आँखाको ज्योति बढाउन
आँखाको ज्योति बढाउन पनि माछा सेवन लाभदायी हुन्छ । माछा सेवनले दूरदृष्टि, निकट दृष्टि, मोतियाबिन्दु, आँखामा जलन, सुख्खापन जस्ता समस्या घटेर जान्छ।

घ) मुटु स्वास्थ्य राख्न
माछामा ओमेगा–३ र फ्याटी एसिड पाइने भएकाले यसले मुटुको धमनी स्वास्थ्य र सुचारु राख्न सहयोग गर्दछ । मुटुको रोगीलाई माछाको सेवन अत्यन्त लाभदायक हुन्छ ।

ङ) छालालाई चम्किलो पार्न
छालाको समस्यामा पनि माछाको सेवन उपयुक्त मानिन्छ । यसले अनुहारको फुस्रोपन, दाग आदि हटाउन सहयोग गर्छ ।

च) गर्भावस्थामा
गर्भावस्थामा माछाको सेवनले आमा र गर्भको बच्चा दुबैलाई फाइदा पुर्‍याउँछ । गर्भवतीका लागि आवश्यक भिटामिन, मिनिरल, पोषण माछाको सेवनले पूर्ति गर्छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ६ : ५७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको