यी हुन् माछा खाँदा पाइने ६ स्वास्थ्य लाभहरू « Khabarhub

यी हुन् माछा खाँदा पाइने ६ स्वास्थ्य लाभहरू


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भिटामिन, मिनिरल र पोषणको भरपुर भण्डार हो, माछा । यसमा प्रोटीन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्पलेक्स, क्याल्सियम जस्ता गुण पाइन्छ । कम वोसोयुक्त स्वास्थ्यबर्धक माछा सातामा एक पटक खाँदा मात्र निकै धेरै लाभहरू पाउन सकिन्छ ।

यस्ता छन् माछा खानुका फाइदाहरु :
क) उच्च रक्तचाप घटाउन
उच्च रक्तचापका समस्या भएकाहरुले माछा सेवन गर्नु निकै फाइदाजनक हुन्छ । यसले शरीरमा कोलोस्टोरको स्तर कम गर्छ ।

ख) मधुमेह नियन्त्रण
मधुमेह रोगीका लागि माछाको सेवन एकदमै लाभदायक हुन्छ । यसले मधुमेहको स्तर घटाउन मद्दत गर्दछ ।

ग) आँखाको ज्योति बढाउन
आँखाको ज्योति बढाउन पनि माछा सेवन लाभदायी हुन्छ । माछा सेवनले दूरदृष्टि, निकट दृष्टि, मोतियाबिन्दु, आँखामा जलन, सुख्खापन जस्ता समस्या घटेर जान्छ।

घ) मुटु स्वास्थ्य राख्न
माछामा ओमेगा–३ र फ्याटी एसिड पाइने भएकाले यसले मुटुको धमनी स्वास्थ्य र सुचारु राख्न सहयोग गर्दछ । मुटुको रोगीलाई माछाको सेवन अत्यन्त लाभदायक हुन्छ ।

ङ) छालालाई चम्किलो पार्न
छालाको समस्यामा पनि माछाको सेवन उपयुक्त मानिन्छ । यसले अनुहारको फुस्रोपन, दाग आदि हटाउन सहयोग गर्छ ।

च) गर्भावस्थामा
गर्भावस्थामा माछाको सेवनले आमा र गर्भको बच्चा दुबैलाई फाइदा पुर्‍याउँछ । गर्भवतीका लागि आवश्यक भिटामिन, मिनिरल, पोषण माछाको सेवनले पूर्ति गर्छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ५७ बजे

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी

प्राविधिक शिक्षा विस्तारमा नेपालसँग सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा

काठमाडौं– नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’

सरकार वाचापत्रअनुसार अघि बढिरहेको छ : शिक्षामन्त्री पोखरेल 

काठमाडौं– शिक्षामन्त्री सस्मित पोखरेलले सरकार वाचापत्रअनुसार अघि बढिरहेको बताएका छन्

फिलिपिन्समा नौ तले भवन ढल्दा दर्जनौँ कामदार फसे

मनिला– फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

काठमाडौं– नेपालको भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गरेकी