एएफसीमा मछिन्द्रको यात्रा चुनौतीपूर्ण « Khabarhub

एएफसीमा मछिन्द्रको यात्रा चुनौतीपूर्ण


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एएफसी कप छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लब पहिलो खेलमा श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्रले ब्लु स्टारसँग चैत २२ गते खेल्ने भएको हो । एएफसीले बिहीबार प्रतिस्पर्धाको स्थान र समय तय गरेको एन्फाले जनाएको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थान कब्जा गरेको मछिन्द्रले एएफसी छनोटमा स्थान पक्का गरेको हो । सातौँ चरणसम्म शीर्ष स्थानमा रहेका कारण उसले यो अवसर प्राप्त गरेको हो ।

यस्तै, सो खेल जिते मछिन्द्रले अर्को चरणअन्तर्गत भारतको मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । भारतको कोलकत्तामा रहेको विवेकानन्द युवा भारती क्रिरंगन रंगशालामा हुने सो खेल चैत २९ गते प्रतिस्पर्धा गर्नेछ ।

तर यी खेल जित्न र आगामी यात्रा गर्न नेपालको कमजोर अभ्यासबाट हुर्केको मछिन्द्रलाई चुनौती भने धेरै छ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १ : ०२ बजे

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई

मनाङसँग चित्लाङ २-० ले पराजित

काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल

कर्णालीमा ९० उम्मेदवारको जमानत जफत

सुर्खेत- प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु

चितवन- नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप