एएफसीमा मछिन्द्रको यात्रा चुनौतीपूर्ण « Khabarhub

एएफसीमा मछिन्द्रको यात्रा चुनौतीपूर्ण


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एएफसी कप छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लब पहिलो खेलमा श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्रले ब्लु स्टारसँग चैत २२ गते खेल्ने भएको हो । एएफसीले बिहीबार प्रतिस्पर्धाको स्थान र समय तय गरेको एन्फाले जनाएको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थान कब्जा गरेको मछिन्द्रले एएफसी छनोटमा स्थान पक्का गरेको हो । सातौँ चरणसम्म शीर्ष स्थानमा रहेका कारण उसले यो अवसर प्राप्त गरेको हो ।

यस्तै, सो खेल जिते मछिन्द्रले अर्को चरणअन्तर्गत भारतको मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । भारतको कोलकत्तामा रहेको विवेकानन्द युवा भारती क्रिरंगन रंगशालामा हुने सो खेल चैत २९ गते प्रतिस्पर्धा गर्नेछ ।

तर यी खेल जित्न र आगामी यात्रा गर्न नेपालको कमजोर अभ्यासबाट हुर्केको मछिन्द्रलाई चुनौती भने धेरै छ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १ : ०२ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम