सुर्खेतबाट लागुऔषधसहित पाँच जना पक्राउ « Khabarhub

सुर्खेतबाट लागुऔषधसहित पाँच जना पक्राउ


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-११ पिपिराचोकबाट तीन जना र शान्ति टोलबाट दुई जनालाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय गौरव सुनार, ४६ वर्षीय लीलाराम पुरी र २४ वर्षीय महेश सुनार छन् ।

उनीहरूबाट प्लाष्टिकसहित ३००(तीन सय) मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध २०० (दुई सय) मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका-९ शान्ति टोलबाट कर्णाली प्रदेश लागुऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सोही ठाउँका २५ अजयसिंह चौधरी र २५ वर्षीया राजु गाइनलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्लाष्टिकसहित ३७० मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध १६० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १ : ४० बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी