विधानमा पदाधिकारी बैठकको कल्पना छैन: नैनसिंह महर « Khabarhub

विधानमा पदाधिकारी बैठकको कल्पना छैन: नैनसिंह महर


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन्।

उनले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन् ।

‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो। तर, हप्ता दिन अगाडी सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रिय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको आभास भइरहेको छ,’ उनले निर्वाचनको तयारीबारे कार्यकर्तासँग भएको छलफल कार्यक्रममा भने ।

उनले आज बसिरहेको कार्यसम्पादन सतितिको बैठक समक्ष भातृ संस्थालगायत विषयमा विधानको भावनालाई अक्षरशः कार्यान्वयनतर्फ लैजाने र कांग्रेस केन्द्रिय समितिको पूर्ण बैठक १५ दिनभित्र बोलाउन माग गरेका छन् ।

उनले पार्टी विधि र विधानभित्र रहेर अगाडि बढ्नुपर्ने समेत बताए । कुनै पनि संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता महरको ठहर जनाए ।

‘नेतृत्व विहिन भातृ संगठनलाई गति दिनका लागि समयमै ठोस निर्णय लिन आवश्यक छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेतृत्व विहिन भातृ संस्थालाई गति दिनुपर्छ । यसले स्थानीय तह निर्वाचनमा पार्टीका गतिविधिलाई सक्रिय पार्न महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ३ : ४३ बजे

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक