राप्रपाको पदाधिकारी बैठकमा स्थानीय तहको चुनाव लक्षित कार्ययोजना पेश | Khabarhub Khabarhub

राप्रपाको पदाधिकारी बैठकमा स्थानीय तहको चुनाव लक्षित कार्ययोजना पेश


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको पदाधिकारी बैठकले देशव्यापी संगठन विस्तार गर्ने निर्णय गरेको छ । बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरू र प्रदेश कार्य समितिका अध्यक्षहरूको उपस्थिति थियो । महामन्त्री भुवन पाठकले बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफलता हासिल गर्न विशेष कार्ययोजना पेस गरेका थिए ।

जसअनुसार पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आमजनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने, फागुन महिनालाई प्रशिक्षणको महिना बनाउनेलगायत छन् ।

पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा सञ्चालन गर्ने, पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने कार्ययोजना पेश गरेको छ ।

बैठकले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने, संवाद सुरु नभएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्यका लागि बैठकले आव्हान गरेको छ ।

राप्रपा स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले पुनः प्रतिबद्धता गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको बैठकको निष्कर्ष छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक ११ फागुनमा बस्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ४ : ४९ बजे

नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ

गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै सुरक्षाकर्मी

काठमाडौं- रसुवाको गोसाइकुण्डमा नुहाउने क्रममा यही आइतबार डुबेर ज्यान गुमाएका

मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु जरुरी : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा तीव्र

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो

पेरिस– अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस वर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले