राप्रपाको पदाधिकारी बैठकमा स्थानीय तहको चुनाव लक्षित कार्ययोजना पेश « Khabarhub

राप्रपाको पदाधिकारी बैठकमा स्थानीय तहको चुनाव लक्षित कार्ययोजना पेश


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको पदाधिकारी बैठकले देशव्यापी संगठन विस्तार गर्ने निर्णय गरेको छ । बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरू र प्रदेश कार्य समितिका अध्यक्षहरूको उपस्थिति थियो । महामन्त्री भुवन पाठकले बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफलता हासिल गर्न विशेष कार्ययोजना पेस गरेका थिए ।

जसअनुसार पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आमजनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने, फागुन महिनालाई प्रशिक्षणको महिना बनाउनेलगायत छन् ।

पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा सञ्चालन गर्ने, पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने कार्ययोजना पेश गरेको छ ।

बैठकले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने, संवाद सुरु नभएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्यका लागि बैठकले आव्हान गरेको छ ।

राप्रपा स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले पुनः प्रतिबद्धता गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको बैठकको निष्कर्ष छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक ११ फागुनमा बस्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ४ : ४९ बजे

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत– स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

महाभारतको अर्जुन बनेर अदालतले न्यायको रक्षा गर्न सक्दैन ?

अदालतलाई डर लाग्नु सामान्य विषय होइन । नागरिकलाई डर लाग्यो

राष्ट्रपति पौडेल जापानबाट स्वदेशका लागि प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी