नेप्सेमा दोहोरो अङ्कको ओरालो « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको ओरालो


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर दुई हजार ८०१.५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अङ्कले ओरालो लागेर ५२७.२८ मा ओर्लेको छ ।

नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर रु तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख ३० हजारको आसपास ओर्लेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । व्यापार ४६.४६, अन्य १२.५१ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ । यस्तै बैंकिङ १०.७९, होटल तथा पर्यटन १९.७२, विकास बैंक २८.९१, जलविद्युत् २७.७६, वित्त १२.७५, निर्जीवन बिमा ८१.०७, उत्पादन १.२९, लघुवित्त ३७.२५, जीवन बिमा १३.३७ र लगानी ०.५६ अङ्कले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु २५ करोड ४८ लाख ३९ हजार ५६४ बराबरको कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर रु २२ करोड ४० लाख १५ हजार ४५९, आइएमई जनरल इन्स्योरेन्स रु १९ करोड ८१ लाख ८७ हजार १४६, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड २६ लाख ३८ हजार ९५४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ७१ लाख ६० हजार २२९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नबिल इक्विटी फण्ड २.७६, सिन्धु विकास बैंक २.२०, कुमारी इक्विटी फण्ड २.०७, एनएमबी फिप्टी २.०६ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.०६ प्रतिशतले कमाए ।

त्यस्तै मिथिला लघुवित्त ४, ग्लोबल आइएमई समुन्नत स्किम एक ३.२०, नेरुडे लघुवित्त विकास बैंक ३.२०, नेपाल फाइनान्स ३.१० र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.०६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ३७ बजे

रुकुम पूर्वमा प्रचण्ड सुरक्षित, सुरुवातमै तेब्बर मतले अगाडि

काठमाडौं – रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले

तेह्रथुममा कांग्रेसका सुब्बा अगाडि, पछ्याउँदै एमाले, तेस्रो स्थानमा रास्वपा 

काठमाडौं- तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा अगाडि छन् ।  २०७९

कैलाली-१ मा रास्वपाका ज्ञवालीको अग्रता

काठमाडौं– कैलाली १ मा २९६० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र

प्रचण्डसँग रहनेछैन अब संसद्को ‘म्याजिक नम्बर’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश गौचन दोस्रो पटक निर्वाचित

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको