प्रचण्डसँग रहनेछैन अब संसद्को ‘म्याजिक नम्बर’ « Khabarhub

प्रचण्डसँग रहनेछैन अब संसद्को ‘म्याजिक नम्बर’


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार अबको संसदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को ‘म्याजिक नम्बर’ नरहने देखिएको छ ।

६८ वटा निर्वाचन क्षेत्रमा भएको प्रारम्भिक मतगणनाअनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ सिटमा, कांग्रेसले ८ सिटमा, एमालेले ३ सिटमा र अन्य दलले जम्मा १ सिटमा अग्रता कायम राखेका छन् । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ सिटमा जित हासिल गरिसकेको छ ।

अहिलेसम्मको मतगणनाअनुसार क्रमशः रास्वापाले ७६.४७, कांग्रेसले ११.७६, एमालेले ५.८८ र नेकपाले ४.४१ प्रतिशतमा अग्रता कायम गरेका छन् । प्रारम्भिक अग्रतालाई १६५ सिटसँग जोडेर हेर्दा नेकपाले प्रत्यक्षतर्फ बढीमा ८ सिट मात्रै प्राप्त गर्न सक्ने हुँदा आगामी समानुपातिकतर्फको मत जोडेर समेत नेकपा २० सिट भन्दा तल नै रहन सक्ने देखिएको छ । 

जसले गर्दा आगामी संसदमा प्रचण्ड नेतृत्वको नेकपासँग म्याजिक नम्बर नरहने स्पष्ट संकेत देखिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : २९ बजे

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री