एमसीसी संसदमा टेबुल गर्ने विषयमा काँग्रेसमा गहन छलफल « Khabarhub

एमसीसी संसदमा टेबुल गर्ने विषयमा काँग्रेसमा गहन छलफल


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई कसरी संसदमा टेबुल गर्ने भन्ने विषयमा छलफल भएको जनाएका छन् ।

‘बैठकले एमसीसीको बारेमा छलफल गरेको छ । एमसीसी पारित गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौँ । सभामुखको काम सरकारले पठाएका विधेयक सदनमा टेबुल गर्ने हो, त्यहाँ छलफल गराउने हो । एमसीसी पनि रोक्न पाउनुहुन्न,’ उनले भने ।

उनले कांग्रेसले एमसीसीबारेको भ्रम जनतामाझ गएर चिर्ने बताएका छन् । यसका साथै बैठकमा स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा समेत छलफल भएको छ ।

त्यस्तै, भ्रातृ संगठनको महाधिवेशनका सम्बन्धनमा कुनै टुंगोमा पुग्न नसकिएको उनले बताए । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : २२ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी