रूस र बेलारुसले संयुक्त सैन्य अभ्यास गर्ने « Khabarhub

रूस र बेलारुसले संयुक्त सैन्य अभ्यास गर्ने


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनसँग सीमा विवाद चर्किरहेको बेला रुसले बेलारुससँग सैन्य अभ्यास सुरु गरेको छ । रुस र बेलारुसले बुधबारदेखि १० दिने संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्।

रुसका रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सैन्य अभ्यासको उद्देश्य रक्षात्मक अपरेशन सञ्चालन गर्दै, आतंकवादको सामना गर्ने र संघ राज्यको हितको रक्षा गर्ने रहेको जानकारी दिएका छन् ।

सो अभ्यासमा ३० हजार रूसी सेनाले भाग लिने बताइएको छ । रुसले बेलारुससँग संयुक्त रुपमा गर्न लागेको यो सैन्य अभ्यास शीतयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास रहेको नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले बताए ।

रुस र युक्रेनबीच भइरहेको तनावकाबीच यस्तो विषय बाहिर आउनु राम्रो नभएको र तनावलाई अझ बढाउने कोसिस भएको अमेरिकाले जनाएको छ । यो विषयमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भने युरोपले दशकयताकै सबैभन्दा ठूलो सुरक्षा संकटको सामना गरिरहेको बताए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : २५ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा