हिमपातसँगै चिसोले दर्जनौ बाख्रा मरेको आशंका, छैन चेक जाँचको व्यवस्था « Khabarhub

हिमपातसँगै चिसोले दर्जनौ बाख्रा मरेको आशंका, छैन चेक जाँचको व्यवस्था


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनौ बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले फलेका स्थानीयले पालेका बाख्रा मरेका हुन् ।

हिमपातको क्रमसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार तीनसय मिटर उचाइमा रहेको फलेका बासिन्दाले पालेको बाख्रा चिसोले धमाधम मर्न थालेका स्थानीयले बताएका छन् ।

फलेकी स्थानीय फुटी शेर्पाका अनुसार हिउँ पर्न थालेसँगै चिसो अध्यधिक बढेपछि बाख्रा मर्न थालेका हुन् । आफूले पालेका ३१ वटामध्ये हालसम्म १० वटा बाख्रा मरेको उनले बताए। उनले चिसोबाट जोगाउनलाई बाख्रा खोर (गोठ) भित्र राख्ने गरेको भए पनि राखेकै ठाउँमा मर्न थालेको बताए । बेलुका तन्दुरुस्त देखिएका बाख्रा बिहान मरिराखेको हुने उनको भनाइ छ ।

लामो समयदेखिको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मर्न थालेका स्थानीय पेमाला शेर्पाको भनाइ छ । उनका अनुसार फलेमा एक दर्जनजति परिवारको बसोबास रहेको र हाल प्रत्येक परिवारले पालेका बाख्रा मर्न थालेका छन् । हिजोआज चरनक्षेत्र सबै हिउँले ढाकेको छ भने चिसोका कारण बाख्रा धमाधम मर्न थालेपछि ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

चिसोका कारण नभइ अन्य कारणले बाख्रा मरेको भएमा उपचार र परीक्षण गराउने कुनै व्यवस्था नभएको स्थानीय किसान बताउँछन् । बाख्रा लगायत पशुचौपायाको उपचार तथा परीक्षण सेवाका लागि फलेका बासिन्दाले गाउँपालिका केन्द्र तापेथोक र सदरमुकाम फुङ्लिङमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

फलेदेखि तापेथोक पुग्नलाई दुई दिनको पैदल यात्रा गर्नुपर्छ भने सदरमुकाम फुङ्लिङका लागि तीन दिन लाग्छ । यहाँदेखि नजिकको बस्ती भनेको घुन्सा करिव दुई घण्टाको पैदल दूरीमा रहेको छ । त्यस्तै अर्को बस्ती ग्याब्ला करिव पाँच घण्टाको दूरीमा पर्दछ ।

दुर्गम क्षेत्र फलेका बासिन्दाले अहिलेको समयमा पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गर्न चाहेमा पनि तत्काल सम्भव नरहेको बताउँछन् ।

चिसोबाट पशुचौपायालाई बचाउने उपायबारे आफूहरु पशु विषेशज्ञको परामर्श साथै स्थानीय जनप्रतिनिधिसँग सहयोग लिने पहुँचमा नरहेको फुटी शेर्पाको भनाइ छ । हिउँका कारण अहिले आउजाउ गर्नलाई बाटो अवरुद्ध रहेको छ भने सहज रुपमा टेलिफोन सम्पर्क गर्ने स्थितिसमेत नभएको उनको भनाइ छ ।

स्थानीयका अनुसार बाख्राबाहेक चौंरी र अन्य पशुचौपायालाई पनि चिसोले निक्कै समस्या बनाएको छ । त्यहाँका बासिन्दा हाल घरभित्रै आगो तापेर साथै न्यानो कपडाहरु लगाएर बस्दै आएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : ५० बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त