कोरोनाविरुद्धको पूर्ण खोप लगाउने सबैलाई बुस्टर दिइने « Khabarhub

कोरोनाविरुद्धको पूर्ण खोप लगाउने सबैलाई बुस्टर दिइने


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै खोपको पूरा मात्रा लगाएको ६ महिना पुगेका १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई बुस्टर लगाउने निर्णय भएको जानकारी दिएको छ ।

खोप उपलब्धताका आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने मन्त्रालयले जनाएको छ । बुस्टर डोज प्रदान गर्दा स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा खटिने व्यक्ति, ६० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिक, दीर्घरोगी र सामाजिक जनसांख्यिक रूपमा पिछडिएका व्यक्तिहरूलाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोप लिन आउँदा उमेर खुल्ने परिचय पत्र नहुने व्यक्तिहरूको सन्दर्भमा ती व्यक्ति स्वयं वा निजको अभिभावकले खोप लिने व्यक्तिको परिचय र उमेर स्वःघोषणा गरेकोलाई आधार बनाई खोप प्रदान गरी खोपको सहज पहुँच स्थापित गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ५९ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी