रुसी हिंसामा भारतीयको जनावर प्रेम | Khabarhub Khabarhub

रुसी हिंसामा भारतीयको जनावर प्रेम


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस र युक्रेनको युद्धमा ज्यान जोगाउन धेरैको भागदौड मच्चिएको छ। भाग दौडमा मानिसले आफूले पालेका जनावरलाई के गर्छन् होला ? यो एउटा चासोको विषय हो। धेरैले त छाडेर जाने गरेका छन्। कोही व्यक्तिको यत्ति धेरै प्रेममय सम्बन्ध जनावरसँग बसेको छ कि उनीहरू त्यसलाई छाड्नै सक्दैनन्।

२० वर्षीय भारतीय नागरिक आइरा आल्ड्रिन युक्रेनमा चिकित्साशास्त्र अध्ययन गरिरहेकी विद्यार्थी। उनी पनि युक्रेन छाडेर हजारौँ किलोमिटर टाढा रहेको केरलाको आफ्नै घरमा आइपुगेकी छन्। साथमा पाँच महिनाको जाइरा नामको छाउरालाई पनि ल्याएकी छिन्।

थुप्रै भारतीयले युक्रेनबाट घर फर्कँदा आफ्ना साथमा कुकुर र बिरालोलाई पनि लिएर आएका थिए।

यी नै मध्यकी आइराको साथमा रहेको जाइराको त्यो फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। रोमानीयाको सिमानामा त्यो फोटो लिइएको थियो।

उनको ट्रोलसमेत बनाइएको थियो। कतिपयले भारतीय विदेशमा अध्ययन गर्न जान्छन् ? या जनावरको हेर विचार गर्न ? भनेर प्रश्न गरेका छन्।

कतिपयले मानिसकै जीवन खतरामा परेको समयमा भारतीयले विमानमा कसरी जनावर लान पाएको भन्ने प्रश्न गर्न थालेका छन्। जाइराले कार्गोमै रहेर रोमानीयाबाट दिल्लीको यात्रा गरेको आइराले जनाएकी छिन्।

‘म चिकित्सा शास्त्रको विद्यार्थी हुँ। यस कारण भेदभाव विना कुनै पनि जीवनको रक्षा गर्नुपर्छ भनेर मैले सिकेको छु। यस कारण मैले उसलाई छाड्न सकिन’, आइराले भनिन्।

मानवीय सङ्कट आएको सन् २०२१ को वर्षमा जनावरको जीवनलाई दिइएको प्राथमिकता धेरै पटक विवादका विषय पनि बनेका थिए।

तालीवानले अफगानिस्तानलाई कब्जामा लिएपछि बेलायती पेन फार्थीक आफ्ना सहकर्मी कर्मचारीलाई छाडेर कुकुर र बिरालोलाई साथमा लिएर आएको कारण उनको आलोचना भएको थियो। आइराकै हकमा उनको काम आलोचित त भएन। तर, उनको यात्राको कथा भने मुटु ढक्क फुल्ने खालकै छ।

भिनिस्ट्यामा रहेको राष्ट्रिय पिरोगोभ स्मृति मेडिकल युनिभर्सिटीमा अध्ययन गर्नका लागि आइरा सन् २०२० मा युक्रेन गएकी हुन्। मिलनसार स्वभावकी उनले त्यहाँ पुग्ने बित्तिकै धेरै साथी बनाएर आफ्नो जीवनलाई सहज बनाएकी थिइन्।

उनले जनावरलाई प्रेम गर्छिन् भन्ने थाहा पाएकी एक साथीले आइरालाई सन् २०२१ को डिसेम्बरमा दुई महिनाको छाउरो उपहार दिएकी थिइन्। आइराले नै त्यस कुकुरको नाम जाइरा राखेकी हुन्।

यी दुईको प्रेम यस्तो गाढा थियो, आइरा कलेज गएको समयमा जाइराले उनलाई पर्खेर बस्ने गरेको थियो। जाइरा एक्लै हुने गरेका कारण कलेजबाट कतै पनि नअल्मलिइ उनी घर फर्कने गरेकी थिइन्। उनका थुप्रै साथी र आफन्तले केही समय जाइरा अन्य व्यक्तिलाई पाल्न दिने सुझाव दिए पनि आइराले त्यसलाई बारम्बार अस्वीकार गरिरहिन्।

युक्रेन छाड्नै पर्ने भएपछि उनकी आमाले जाइरालाई साथमा ल्याउन स्वीकृति दिइन्। बाबुले मानेका थिएनन्। अन्त्यमा छोरीको हठका अगाडि बाध्य भएर बाबुले पनि कुरालाई स्वीकार गरे।

उनले पासपोर्ट, भ्याक्सिन कागजात र माइक्रोचिप एकै दिनमा तयार गरिन्। जनावर मैत्री युक्रेनको कानुनले उनलाई धेरै सहयोग गरेको थियो। रुसले युक्रेनको आक्रमण गरेको दुई दिनपछि नै आइरा र जाइराले भिनिस्ट्यामा रहेका आफ्ना साथीलाई छाडेर भारतका यात्रा तय गरे।

त्यसको एक दिनपछि उनीहरू रोमानियाको सीमातर्फ लम्किएका थिए। एकै पटक धेरै हल्ला सुनेपछि जाइरा चुप लागेर आइरासँग टाँसिएर नै बसेको थियो। सीमामा धेरै लामो लाइन भएका कारण बसले सीमा भन्दा २० किलो मिटर टाढा उनीहरूलाई छाडी दियो।

त्यसपछि हिँड्न थालेका उनीहरूको साथमा प्याकेटको जुस र बिस्कुट थियो। कुकुरकै लागि भिन्न खाने कुरा पनि थियो। बाटोमा भेटिएका पसलमा उनीहरूले पाउरोटी र पानी भने पाएनन्।

बाटोमै आइराको महिनावारीको समय भयो। रजस्वलाकै कारण उनको ढाड दुखेपछि जाइरा पनि चिन्तित देखिएको थियो। जाइरा थाकेको महसुस गरेपछि उनले त्यसलाई बोकेर अगाडिबढाएकी थिइन्। ‘जब मैले उसलाई बोकेँ, उ बच्चा जस्तै मायालु ढङ्गले मसँग टाँसिएको थियो।’

यात्रामा रहेका अन्यको पनि सहयोग पाएपछि विस्तारै काँध फेर्दै उनले जाइरालाई बोकेर नै हिँडिन्। रोमानीयाको सीमामा आइपुग्दा आइरासँग यात्राका लागि कागजात र कुकुरका खानेकुरा मात्र बाँकी भइसकेका थिए।

सिमानाको ढोका खुल्दा धकेला धकेल हुने गरेको थियो। एक पटक आइराले हात गलेका कारण जाइरालाई भुइमा के राखेकी थिइन् कसैले लात्तीले हिर्काइ हाल्यो। यसपछि जाइरा रुन थालेको थियो। आइराले हात गलेपछि एउटा गोडामा जाइरालाई अड्याएर अगाडि बढेकी थिइन्। ‘जाइरालाई बोक्दा हात गलेको थियो। भुइमा राख्दा अरूले हिर्काउने डर थियो। कैयौँ पटक रोएकी मलाई कति पटक त जत्ति ज्यानको जोखिम भए पनि भिनिस्ट्या फर्कूँ जस्तो लागेको थियो। कुकुरको खाने कुरा सकिएपछि त उनलाई झन् असह्य भएको थियो।

जब सीमा पार गर्ने उनीहरूको पालो आयो, विद्यार्थीले पछाडिबाट धकेलेपछि झन्डै उनीहरू दुवै लडेका थिए। यो देखेर युक्रेनी सेनाले सहयोग गरेका थिए। ‘युक्रेनको सीमा पार गरेर रोमानीया पुगेपछि भएको आनन्दको म वर्णन गर्न सक्दिन।’

रोमानीया प्रवेश गरेपछि थकाइ मार्न पाएकी उनले कुकुरका लागि खाने कुरा पाइन्। आफूले खान पाइन्। त्यहाँ रहेका स्वयंसेवीकै कारण उनले जडौरी जुत्ता पनि पाइन्। उनले लगाएको जुत्ता त यात्राको क्रममा फाटेर कामै नलाग्ने भइसकेको थियो। यसपछि उनीहरू बुखारेस्टको विमानस्थल अगाडिको अर्को सेल्टरमा लगिए। त्यहीँ रोमानीयाली प्रहरीले आइरा र जाइरालाई थप खाने कुरा दिए। त्यहीँबाट ट्याक्सी चढाएर विमानस्थल लगिए।

भारत सरकारले तयार गरेको विमानमा उनीहरू जाँदै थिए। जाइराका लागि पिँजडाको व्यवस्था गर्नु परेको थियो। यसका लागि धेरै घण्टा लागेको थियो। यसै कारण आइरा र जाइराले विमान छुटाए। उनीहरूका लागि अर्को विमान तयार भयो। यसै विमानमा उनीहरू दिल्ली आए। आइराले खाने कुरा केही आफूले खाए पनि जाइराकै लागि भनेर धेरै जोगाएर राखेकी थिइन्।

दिल्लीबाट केरला जाने एयर एसियाले जनावर लान अस्वीकार गरेपछि उनी केही समय दिल्लीमै अलमलिएकी थिइन्। त्यहीँ उनले अर्को विमानको व्यवस्था गरेकी हुन्।

केरेला पुगेपछि यो समाचारले सर्वत्र चर्चा बटुलेको थियो। केरेला सरकारले आफ्नो फेसबुकमा यो कुरा प्राथमिकताका साथ राखेको थियो। आइरा र जाइरा कोची विमान स्थलमा पुगे पछि यो समाचारको प्रमुख विषय बनेको थियो।

उनी पहिले भेटेरिनरी गएर जाइरालाई केनाइन पार्भो भाइरसको भ्याक्सिन लगाइन्। त्यस पछि केरलाको मुनार हिल स्टेसनमा रहेको आफ्नो घरमा पुगेकी छिन्।

समस्या अझै सकिएको छैन। भारतको युरोपबाट भारतको केरेला त्यो पनि जाडो याम सकिएर गर्मी याम सुरु हुन लागेको समयमा आइपुगेकी उनका लागि त्यहाँ सहज कठिन हुन सक्छ। तथापि आइराकै विचारमा मुनार केरलाको अन्य स्थानको भन्दा कमगर्मी भएकाले धेरै चिन्ता भने गर्नु पर्दैन। अहिले घरको अन्य सदस्यसँग घुलमिल गगिरहेकी जाइराले त आइरा भन्दा उनकी आमासँग नै बढी समय बिताउन थालेको छ।

रुस र युक्रेन युद्धको बीचमा यस्ता अनेकन् कथा छन्। अनेकन् पीडा छन्। पीडाबाट छटपटाएका मान्छे होस या जनावर सहयोगका लागि युक्रेनी सेना, रोमानीया र पोल्यान्डका सुरक्षाकर्मी स्वयंसेवी र अन्य निकाय तत्पर छन्।

भारतीयको मान्छे मात्र होइन जनावर प्रतिको बिछट्टै प्रेम पनि देखिएको छ। यसमा बीचमा रसियन भने जनावरको त कुरै भएन, मान्छेको पनि माया गर्न छाडेर प्रत्येक दिन अझ बढी हिंस्रक बनेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : ४० बजे

बीआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बीआरआई)मा

चिलिमेका तीन जलविद्युत आयोजना तयार, थपियो १६८ मेगावाट बिजुली

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं – चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा

इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं – इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन