रुस-युक्रेन युद्ध: तेलदेखि सुनसम्मको मूल्य बढ्यो « Khabarhub

रुस-युक्रेन युद्ध: तेलदेखि सुनसम्मको मूल्य बढ्यो



काठमाडौँ- फागुन १२ बाट चर्किएको रुस र युक्रेनबीचको युद्धको असर नेपालमा पनि देखिन थालेको छ। युद्धका कारण उपभोग्य वस्तुको मूल्य आकासिएको छ। युद्धकै कारण नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ भने तेलदेखि सुनसम्मको मूल्य छोइनसक्नु भएको छ।

के केमा भयो मूल्यवृद्धि

खानेतेल
नेपालीको भान्सामा प्रयोग हुने खाने तेलको मूल्य युद्धकै कारण बढेको छ। गत महिना प्रति कार्टुन २४ सय रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य २७ सय रुपैयाँ पुगेको छ। कतिपय व्यापारीले कार्टुनको २९ सयसम्म पनि लिने गरेका छन्। भटमासको तेल पनि कार्टुनको २६ सय रुपैयाँमाथि पुगेको छ।

अहिले वितरकले नै माग बमोजिम तेल आपूर्ति नदिएको बूढानीलकण्ठ १३ मा अवस्थित ए.एस मार्टका सञ्चालक सुजन श्रेष्ठले बताए। आपूर्ति नहुँदा बजारमा तेलको अभाव जस्तै देखिएको छ।

नेपालमा मुख्यगरी भारत, मलेसिया, युक्रेन लगायतका देशबाट सूर्यमुखी, तोरी लगायतका खानेतेलको कच्चापदार्थ (अर्धप्रशोधित र दाना) आयात हुने गरेको छ।

युद्घकै कारण युक्रेनबाट नेपालमा खाने तेसहित कच्चा पदार्थ आउन रोकिएको सँगै बजारमा खानेतेलको आपूर्तिमा प्रभाव परेको छ। नेपालमा तेलको कच्चापदार्थमध्ये ८० देखि ९० प्रतिशत युक्रेनबाटै आउँछ छ भने भारत, मलेसियाबाट थप तेल भित्रिन्छ।

सुन
सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको छ। सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महंगो भएको हो।

रुस-युक्रेन जारी द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा असर पर्दा पेट्रोलियम पदार्थ, डलरसँगै सुनको मूल्य अझ बढ्ने विश्लेषण भइरहेको छ। बुधबार डलर १ सय २३ रुपैयाँ ३६ पैसा पुगेको छ भने ब्रेन्ट क्रुड आयल (पेट्रोलियम पदार्थ) प्रतिब्यारेल १३०.५ डलर भएको छ। बुधबार चाँदी तोलाको १४ सय ५० रुपैयाँ पुगेको छ। बुधबार ४० रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस २०५४.५१ डलर पुगेको छ। यसअघि मंगलबार २००८.७३ डलर थियो। चाँदी २६.६२ डलर पुगेको छ। मंगलबार २६.०१ डलर थियो।

यातायात भाडा वृद्धि हुने
यातायात व्यवसायीको इन्धनको मूल्यवृद्धिसँगै फागुन मसान्तसम्म भाडा समायोजन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। अन्तिमपटक भाडा समायोजन भएयता आठपटक इन्धनको मूल्यवृद्धि भइसके पनि सार्वजनिक यातायातको भाडा वैज्ञानिक रुपमा नबढेको भन्दै महासंघले भाडा समायोजनको समस्या समाधन गर्न सरकारले ठोस कदम नचाले चैत १ गतेबाट दबाबमूलक काक्र्रम गर्ने चेतावनी दिएको हो।

यातायात व्यवस्था विभागले गत असार २७ मा भाडा समायोजन गरेको थियो। त्यतिबेला डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ भने पेट्रोलको मूल्य यसअवधिमा १२५ रुपैयाँ लिटरबाट १५० रुपैयाँ पुगिसकेको छ।

इन्धनको मूल्यवृद्घिका कारण यातायात व्यवसायीले ठूलो नोक्सानी सहेर आएकोले तत्काल यातायातको भाडा समायोजन नहुने हो भने यही अवस्थामा यातायात संचालनमा कठिनाई हुनसक्ने उनीहरुको भनाइ छ। व्यवसायिले वौज्ञानिक भाडा समायोजन गर्न सरकारलाई अनुरोध गरेको महासंघले जनाएको छ।

डन्डीको मूल्य बढ्यो
नेपाली बजारमा डन्डीको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। काठमाडौं उपत्यकामा डन्डीको उपभोक्ता मूल्य बढेर अधिकतम प्रति केजी १३५ रुपैयाँ हाराहारी पुगेको छ।

गत साता काठमाडौं उपत्यकाको बजारमा डन्डीको मूल्य १०८ रुपैयाँ थियो। साता दिन नबित्दै बिलेट, कोइलालगायतको मूल्य बढ्दा डन्डीको मूल्य आकासिएको हो। गत कात्तिकमा काठमाडौं उपत्यकामा डन्डीको उपभोक्ता मूल्य न्यूनतम १०७ देखि अधिकतम ११३ रुपैयाँसम्म थियो।

मासु र अण्डा
ब्रोइलर कुखुराको मासुको मूल्य बढेर प्रतिकेजी ४ सय रुपैयाँ नाघेको छ। मागको अनुपातमा उत्पादनले नपुगेको अवस्थामा लागत नै धेरै पर्न थालेको भन्दै व्यवसायीले भाउ बढाएका छन्।

अहिले कुखुराको मासु थोकमै किलोको ४०५ रुपैयाँ पुगेको छ। खुद्रामा ४२० देखि ४३० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ।

तेलको मूल्य वृद्धिभएसँगै दाना र ढुवानी भाडासँगै लागत महंगिनुको असरले कुखुराको मासु अझ महंगिने देखिएको व्यवसायीले बताएका छन्। दाना उत्पादक कारखानाले कच्चा पदार्थ र इन्धनको मूल्य बढेको भन्दै दानाको भाउ पनि बढाएका छन्। यसको असर सोझै उपभोक्तालाई परेको छ।

जिउँदो कुखुराको मूल्य १० रुपैयाँले दरले बढ्दै प्रतिकेजी २ सय ९० रुपैयाँ पुगेको छ। दुई साताअघि प्रतिकेजी ३ सय ६० रुपैयाँमा थियो।

ब्रोइलर कुखुराको बिक्री मूल्य बढाइए लगत्तै अन्डा पनि महंगिएको छ। नेपाल अण्डा उत्पादक संघले गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको हो।

चितवनलाई आधार मानेर बुधबारदेखि लागु हुनेगरी ठूलो अन्डा प्रति क्रेट ३९५ र मिडियम ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघले अन्डाको खुद्रा बिक्री मूल्य भने प्रतिगोटा १६ रुपैयाँ निर्धारण गरेको छ।

उत्पादनमा महंगिएको लागतसँग सन्तुलन मिलाउने भन्दै संघको मंगलबार भएको विशेष बैठकले अन्डाको बिक्री मूल्य नयाँ निर्धारण गरेको हो।

गत माघ १६ मा संघले ठूलो अन्डा ३६५, मिडियम ३३५ रुपैयाँ प्रति क्रेट र खुद्रा मूल्य प्रतिगोटा १५ रुपैयाँ निर्धारण गरेको थियो। त्यसअघि गत भदौमा ठूलो अन्डा ४१० र मिडियम ३८५ रुपैयाँ प्रति क्रेट बनाएको थियो।

कच्चा तेल
रूस-युद्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको छ। मंगलबार ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारल १३९ डलर पुगेको छ। यो मूल्य १४ वर्षपछिको उच्च हो।

अमेरिकाले रूसको तेलमा प्रतिबन्ध लगाउने संकेत गरेपछि मूल्य आकासिएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि तेल आयात गर्ने नेपालजस्तो अल्पविकसित मुलुकको अर्थतन्त्रनै हल्लिन थालिसकेको छ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको नोक्सानी मासिक पाँच अर्ब रुपैयाँ पुगेको छ। आइओसीले ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारल १ सय १० डलर हुँदा पठाएको मूल्यका आधारमा यो नोक्सानी भएको हो। प्रति ब्यारल १ सय ३९ डलर हुँदा निगमको नोक्सानी अझै फराकिलो हुनेछ। कोभिड संक्रमण कम भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको थियो।

हवाई भाडा

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले पनि विभित्र गन्तव्यका लागि हवाई भाडा बढाएका छन्।

कम्पनीले गन्तव्य अनुसार न्यूनतम ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा बढाएका छन्। जसअनुसार अब माउटेन फ्लाइटका लागि ३४० रुपैयाँले बढेको छ। त्यसैगरी काठमाडौं-धनगढी रुटको भाडा ४४५ रुपैयाँले बढेको छ। विराटनगर-नेपालगञ्जको हकमा सबैभन्दा धेरै ५४० रुपैयाँले इन्धन शुल्क बढेको छ।

विमान कम्पनीले हवाई भाडा, इन्धनको मूल्य र विमानस्थल शुल्क गरेर हवाई टिकटको मूल्य निर्धारण गरेका हुन्छन्।

कुन गन्तव्यको कति मूल्य बढ्यो ?

नेप्सेमा भारी गिरावट
रुस-युक्रेन युद्धको असर नेप्सेमा पनि परेको छ। फागुन १२ मा २७७८.६२ बिन्दुमा रहेको नेप्से त्यसपछि दिनहुँ घटिरहेको छ। योसँग कारोबार रकम पनि घटेको छ। बुधबार बजार मापन गर्ने सूचक ३०.२९ अंकले घटेर परिसूचक २५१४.६५ बिन्दुमा रोकिएको छ।

बुधबारको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.४६ अंकले घटेर ४८७.०७ बिन्दुमा रोकिएको छ। २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँको सेयर किनबेच भएको छ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ। बैंकिङ समूहको १२.९६, विकास बैंक १०१.८२, जलविद्युत ५५.९६, वित्त ४५.६९, निर्जीबन बीमा १९८.५३, उत्पादन तथा प्रशोधन ४७.८६, माइक्रोफाइनान्स ४३.६४, जीवन बीमा समूहको उपसूचक १३९.९ अंकले घटेको छ।

रुस र युक्रेनविचको युद्धले नेपाली उपभोक्ताले मार खेप्नु परेको छ। निरन्तर इन्धनमा भएको वृद्धिले सबै उपभोग्य वस्तुको मूल्य बढ्ने देखिन्छ। यदि यो युद्ध लम्बिएमा नेपाली भान्सा अझै महंगो हुने देखिन्छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : ३० बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै