बालबालिकाले खाने बालभिटा गुणस्तरहीन, हुनुपर्ने धुलाे तर सबै डल्लाे परेका « Khabarhub

बालबालिकाले खाने बालभिटा गुणस्तरहीन, हुनुपर्ने धुलाे तर सबै डल्लाे परेका


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ। बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको भेटिएको हो।

बालभिटाभित्र धुलो हुनुपर्ने भए पनि ढिक्का भएको परशुराम नगरपालिका-४ कटाल स्वास्थ्य चौकीका अहेव नन्दराम नाथले बताए। उनले यस्तो समस्या नगरपालिका भरि नै रहेको बताए। ‘जिल्ला स्वास्थ्य कार्यालयबाटै यस्तो पठाएको हो। यता भण्डारणमा समस्या छैन। सप्लाइमा समस्या हो,’ अहेव नाथ भन्छन्, ‘हामी अहिले यो नै वितरण गरिरहेका छौं, बालभिटा प्रयोग गर्नेहरूलाई डल्लो आएमा प्रयोग नगर्न र धुलो मात्रै प्रयोग गर्न भनेका छौं।’

जिल्ला स्वास्थ्य कार्यालयले परशुराम नगरपालिकामा दुई महिनाअघि बालभिटा पठाएको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिले पठाएकोमा समस्या थियो। अहिले पठाएको ठिक छ।’

बालभिटामा समस्या देखिएपछि वितरण नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको परशुराम नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले जानकारी दिए। ‘कार्टुन हामी खोल्दैनौ, साथीहरूबाट डल्लो आएको गुनासो आएपछि प्रयोग नगर्न  र स्वयंसेविकालाई नदिन भनेका छौं,’ उनले भने, ‘उपभोक्तासम्म नपुगेको होला, तर कसैले जानकारी नपाएर दिएको हुन सक्छ, जिल्ला स्वास्थ्य कार्यालयमा बुझ्दा हामीलाई पनि त्यस्तै आएको भन्नु हन्छ।’

बालभिटा केन्द्र सरकारले खरिद गरेर पठाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताए। उनी भन्छन्, ‘कार्टुन हामी खोल्दैनौ। माथिबाटै त्यस्तो आएको पनि हुन सक्छ। कहिलेकाहीँ स्टोरको समस्याले पनि हुन सक्छ।’

एक वर्षअघि गत फागुनमा स्वास्थ्य कार्यालय डडेल्धुरामा बालभिटा पठाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक पदम बिष्टले बताए। उनी भन्छन्, ‘समस्या डडेल्धुरामा मात्रै देखियो, केन्द्रबाट आएको दुई/चार दिनमा हामीले त्यता पठाएका हौं, त्यता कति होल्ड भयो भन्ने हो। भण्डारणमा समस्या हुन सक्छ, लापरबाही भन्दा पनि कहिले काहीँ नजानेर पनि हुन सक्छ।’

बच्चा जन्मेको ६-११ महिनासम्म, १२-१७ महिनासम्म र १८-२३ महिनासम्मलाई हुने गरी तीनपटक बालभिटा वितरण हुने गरेको छ। बच्चा जन्मिएपछि दुई वर्षभित्र उसको ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मीहरू बताउँछन्।

जन्मेको ६ महिनादेखि २ वर्षमुनिका बालबालिकाका लागि सरकारले बालभिटा निःशुल्क उपलब्ध गराउँदै आएको छ। यसको सेवनबाट बालबालिकामा कुपोषण र श्वासप्रश्वासको समस्या नहुने तथा फुर्तिलो बनाउन मद्दत गर्छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १ : ३९ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।