प्रेसिडेन्ट कपमा सहभागी हुन नेपाली टोलीको बिदाई « Khabarhub

प्रेसिडेन्ट कपमा सहभागी हुन नेपाली टोलीको बिदाई


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई बिदाई गरिएको छ ।

बिहीबार नेपाल तेक्वान्दो संघले इरानको तेहरानमा हुन लागेको प्रेसिडेन्ट कपमा सहभागी हुने पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई बिदाई गरेको हो ।

बिदाई कार्यक्रममा संघका उपाध्यक्ष नन्द कुमार राईले नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

उनले कोरोनाका बीच खेलाडीहरुलाई सही ट्रेनिङ दिएको भन्दै यसअघिको भन्दा नतिजा राम्रो हुने धारणा राखे ।

त्यस्तै प्रशिक्षक लामाले आसन्न एसियाली पारा खेलकुदको तयारीका लागि प्रेसिडेन्ट कप महत्वपूर्ण हुने बताए । प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलाडी सृजनाले फाल्गुन ३० गते आफ्नो खेल खेल्नुहुने संघले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : १९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको