प्रेसिडेन्ट कपमा सहभागी हुन नेपाली टोलीको बिदाई « Khabarhub

प्रेसिडेन्ट कपमा सहभागी हुन नेपाली टोलीको बिदाई


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई बिदाई गरिएको छ ।

बिहीबार नेपाल तेक्वान्दो संघले इरानको तेहरानमा हुन लागेको प्रेसिडेन्ट कपमा सहभागी हुने पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई बिदाई गरेको हो ।

बिदाई कार्यक्रममा संघका उपाध्यक्ष नन्द कुमार राईले नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

उनले कोरोनाका बीच खेलाडीहरुलाई सही ट्रेनिङ दिएको भन्दै यसअघिको भन्दा नतिजा राम्रो हुने धारणा राखे ।

त्यस्तै प्रशिक्षक लामाले आसन्न एसियाली पारा खेलकुदको तयारीका लागि प्रेसिडेन्ट कप महत्वपूर्ण हुने बताए । प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलाडी सृजनाले फाल्गुन ३० गते आफ्नो खेल खेल्नुहुने संघले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : १९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले