ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट « Khabarhub

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले आगलागी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

‘भर्खरै एउटा घर जलेर नष्ट भएको खबर आएको छ । आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने ।

ढडेलो नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ ।

डढेलो समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ ।

संरक्षण क्षेत्रस्थित फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा बिहीबार नै लागेको ढडेलो स्थानीय संरक्षणकर्मीहरूको पहलमा नियन्त्रणमा आएको कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय प्रमुख वार्डेन रमेश यादवले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : ३० बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी