एमाले निकट नेपाल निजामती कर्मचारी सगंठनको अधिवेशन फागुन २८ र २९ गते हुदै « Khabarhub

एमाले निकट नेपाल निजामती कर्मचारी सगंठनको अधिवेशन फागुन २८ र २९ गते हुदै


२६ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ गतेदेखि ११ औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले   जानकारी दिएको हो । 

अधिवेशनमा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुनेछ । अधिवेशन कार्की ब्याङ्क्वेट थापाथली हाइट काठमाडौंमा  उद्घाटन हुने नेपाल निजामती कर्मचारी संगठनका संयोजक केदारप्रसाद देवकोटाले बताए । 

संगठनले आगामी फागुन २८ –२९ गते हुने ११ औं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पनि जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११ औं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका थिए ।

उनले ७७ जिल्ला तथा ३६ विभागीय कार्य समितिहरूको अधिवेशन सम्पन्न भइसकेको बताए । अधिवेशनले निजामती सेवाको सांगठनिक ढाँचा तथा स्वरुप, संघ, प्रदेश र स्थानीय निजामती सेवा ऐनमा समावेश हुनुपर्ने विषयहरूको बारेमा ब्यापक छलफल गर्ने उनको भनाई छ ।

उनले नयाँ नेतृत्वको चयन मतदानमार्फत नभई सर्वसम्मत रुपले गर्ने बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : १० बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा