एमाले निकट नेपाल निजामती कर्मचारी सगंठनको अधिवेशन फागुन २८ र २९ गते हुदै « Khabarhub

एमाले निकट नेपाल निजामती कर्मचारी सगंठनको अधिवेशन फागुन २८ र २९ गते हुदै


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ गतेदेखि ११ औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले   जानकारी दिएको हो । 

अधिवेशनमा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुनेछ । अधिवेशन कार्की ब्याङ्क्वेट थापाथली हाइट काठमाडौंमा  उद्घाटन हुने नेपाल निजामती कर्मचारी संगठनका संयोजक केदारप्रसाद देवकोटाले बताए । 

संगठनले आगामी फागुन २८ –२९ गते हुने ११ औं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पनि जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११ औं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका थिए ।

उनले ७७ जिल्ला तथा ३६ विभागीय कार्य समितिहरूको अधिवेशन सम्पन्न भइसकेको बताए । अधिवेशनले निजामती सेवाको सांगठनिक ढाँचा तथा स्वरुप, संघ, प्रदेश र स्थानीय निजामती सेवा ऐनमा समावेश हुनुपर्ने विषयहरूको बारेमा ब्यापक छलफल गर्ने उनको भनाई छ ।

उनले नयाँ नेतृत्वको चयन मतदानमार्फत नभई सर्वसम्मत रुपले गर्ने बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : १० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी