विदेशबाट नेपाल आउँदा खोप कार्ड वा पीसीआर रिपोर्ट भए पुग्ने « Khabarhub

विदेशबाट नेपाल आउँदा खोप कार्ड वा पीसीआर रिपोर्ट भए पुग्ने

क्वारेन्टिन पनि बस्नु नपर्ने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेशबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ ।

खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याएमा क्वारेन्टिन पनि बस्नु नपर्ने अध्यागमन विभागले जनाएको छ । नयाँ व्यवस्था अनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु खोप कार्ड वा पीसीआर नेगेटिभको रिपोर्ट देखाए निर्वाध नेपाल आउन पाउने छन् ।

नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने छ। खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् ।

हवाई मार्ग वा स्थलमार्ग भइ विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकता अनुसार परीक्षण गर्ने, थप कडाइ गर्ने वा नगर्ने निर्णय अब कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाटै हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : ०२ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन