यी १७ काम गर्नेलाई सरकारले कारबाही गर्ने « Khabarhub

यी १७ काम गर्नेलाई सरकारले कारबाही गर्ने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानूनी ठगी गरिरहेको भन्दै यस्तो कार्य गर्ने माथि कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन अनुरोध गरेको छ ।

ठगीका यस्ता गतिविधिहरु भएको सूचना प्राप्त भएमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तो काम गर्नेमाथि कारबाही
१. रोजगारी वा काममा लगाउने भनी प्रलोभन दिने,
२. नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने,
३. भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउन आश्वासन दिने,
४. जग्गा वा घडेरी उपलब्ध गराउने,
५. उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने,
६. अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोबार गर्न प्रोत्साहन गर्ने,
७. घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने,
८. अनलाइन लगानी गर्न प्रोत्साहन गर्ने, लगानी गराउने र सोबाट आर्थिक आर्जन हुने भन्दै
दुरुत्साहन गर्ने,
९. डिजिटल मुद्रामा लगानी गर्ने गराउने,
१०. रोकिएका काम वा मुद्धा मामिलाबाट उन्मुक्ति दिलाउने,
११. विशिष्ट व्यक्तिसँग भेटघाट वा सम्पर्क गराउने,
१२. ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने,
१३. कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही छाप गर्न लगाई तमसुक, लिखत
बनाउने,
१४. ढुकुटी खेल्ने, खेलाउने,
१५. अनलाइन ठगी गर्ने,
१६. मिटर ब्याजमा रकम उपलब्ध गराउने,
१७. बैंकिङ्ग प्रणाली भन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : ४० बजे

विश्व क्यान्सर दिवस : समयमै पहिचान र उपचार नै जीवन रक्षा

भद्रपुर– झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१