धरानमा दोश्रो हङकङ एमेच्योर गल्फ प्रतियोगिता हुने « Khabarhub

धरानमा दोश्रो हङकङ एमेच्योर गल्फ प्रतियोगिता हुने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानमा दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ ।

बिहीबार स्थानीय प्रताप मादेन लिम्बुले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् ।

उनले बुवा दलबहादुर लिम्बु र आमा सुनमाया लिम्बुको स्मृतिमा फागुन २८ गते दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राईले यस प्रतियोगितामा स्थानीय एमेच्योरहरूले भाग लिने बताए ।

उनले खुला एम्योचोर प्रतियोगिता भएकोले धरान बाहिरकाले पनि खेल्न पाउने बताए ।

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फका विजेताले ट्रफी र गल्फ प्राक्टिस नेट पाउनेछन् । त्यस्तै, उपविजेताले ट्रफी र बेल्ट पाउनेछन् ।

त्यस्तै, महिलातर्फ विजेता खेलाडीले ट्रफी र ग्लोब्स प्राप्त गर्नेछन् । यस्तै, सिनियर विजेता खेलाडीले ट्रफी र गल्फ प्राक्टिस नेट पाउनेछन् भने जुनियर विजेता खेलाडीले ट्रफी र ग्लोब्स प्राप्त गर्नेछन् ।

यसैबीच, युवा गल्फर शुक्रबहादुर राईलाई बिदाइ गरिएको थियो । राई भोलि शुक्रबार भारतको कोलकत्तामा प्रोफेस्नल गल्फ टुर अफ ईन्डिया खेल्न जाँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ३६ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर