धरानमा दोश्रो हङकङ एमेच्योर गल्फ प्रतियोगिता हुने « Khabarhub

धरानमा दोश्रो हङकङ एमेच्योर गल्फ प्रतियोगिता हुने


२६ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानमा दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ ।

बिहीबार स्थानीय प्रताप मादेन लिम्बुले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् ।

उनले बुवा दलबहादुर लिम्बु र आमा सुनमाया लिम्बुको स्मृतिमा फागुन २८ गते दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राईले यस प्रतियोगितामा स्थानीय एमेच्योरहरूले भाग लिने बताए ।

उनले खुला एम्योचोर प्रतियोगिता भएकोले धरान बाहिरकाले पनि खेल्न पाउने बताए ।

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फका विजेताले ट्रफी र गल्फ प्राक्टिस नेट पाउनेछन् । त्यस्तै, उपविजेताले ट्रफी र बेल्ट पाउनेछन् ।

त्यस्तै, महिलातर्फ विजेता खेलाडीले ट्रफी र ग्लोब्स प्राप्त गर्नेछन् । यस्तै, सिनियर विजेता खेलाडीले ट्रफी र गल्फ प्राक्टिस नेट पाउनेछन् भने जुनियर विजेता खेलाडीले ट्रफी र ग्लोब्स प्राप्त गर्नेछन् ।

यसैबीच, युवा गल्फर शुक्रबहादुर राईलाई बिदाइ गरिएको थियो । राई भोलि शुक्रबार भारतको कोलकत्तामा प्रोफेस्नल गल्फ टुर अफ ईन्डिया खेल्न जाँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : ३६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४