माछापुच्छ्रे कपको उपाधि लुम्बिनीलाई « Khabarhub

माछापुच्छ्रे कपको उपाधि लुम्बिनीलाई


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा -माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लब बेलहियाले जितेको छ ।

रुपन्देहीको भैरहवामा भएको फाइनल खेलमा लुम्बिनीले माछापुच्छ्रे क्लब झन्डीबजारलाई ट्राइ ब्रेकरमा ४-२ गोलले पराजित गरेको हो।

दुवै टिम बिचको फाइनल खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो। माछापुच्छ्रेका मिसन दर्लामीले खेलको पहिलो हाफको ३९औं मिनेटमा १ गोल गरेका थिए भने लुम्बिनी खुकुरी क्लबका सुरज घलानले खेलको अतिरिक्त समयमा गोल गरेका थिए। खेलको ट्राइ बेकरमा ४-२ गोल फरकमा लुम्बिनी खुकुरी क्लब विजयी भयो ।

खेलभरिको सर्वाधिक गोलकर्तामा भैरभ एफ सी, नवलपरासीका मनिस चौधरी तथा युनाइटेड एफ सी, देवीनगरका मिलन आले घोषित भए । दुवै जनाले चार-चार गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए।

खेलभरिको सर्वोत्कृष्ट खेलाडीमा माछापुच्छ्रे क्लबका खेलाडी विनय थापा घोषित भए । प्रतियोगितामा विजयी टिम र खेलाडीहरू प्रमुख अतिथि सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले पुरस्कृत गरे ।

२८औं माछापुच्छ्रे कप फुटबल चैत १० गतेबाट पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा हुँदै आएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : २४ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष