माछापुच्छ्रे कपको उपाधि लुम्बिनीलाई « Khabarhub

माछापुच्छ्रे कपको उपाधि लुम्बिनीलाई


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा -माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लब बेलहियाले जितेको छ ।

रुपन्देहीको भैरहवामा भएको फाइनल खेलमा लुम्बिनीले माछापुच्छ्रे क्लब झन्डीबजारलाई ट्राइ ब्रेकरमा ४-२ गोलले पराजित गरेको हो।

दुवै टिम बिचको फाइनल खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो। माछापुच्छ्रेका मिसन दर्लामीले खेलको पहिलो हाफको ३९औं मिनेटमा १ गोल गरेका थिए भने लुम्बिनी खुकुरी क्लबका सुरज घलानले खेलको अतिरिक्त समयमा गोल गरेका थिए। खेलको ट्राइ बेकरमा ४-२ गोल फरकमा लुम्बिनी खुकुरी क्लब विजयी भयो ।

खेलभरिको सर्वाधिक गोलकर्तामा भैरभ एफ सी, नवलपरासीका मनिस चौधरी तथा युनाइटेड एफ सी, देवीनगरका मिलन आले घोषित भए । दुवै जनाले चार-चार गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए।

खेलभरिको सर्वोत्कृष्ट खेलाडीमा माछापुच्छ्रे क्लबका खेलाडी विनय थापा घोषित भए । प्रतियोगितामा विजयी टिम र खेलाडीहरू प्रमुख अतिथि सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले पुरस्कृत गरे ।

२८औं माछापुच्छ्रे कप फुटबल चैत १० गतेबाट पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा हुँदै आएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : २४ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्