असिनाले खेतीबाली नष्ट, कृषक निराश « Khabarhub

असिनाले खेतीबाली नष्ट, कृषक निराश


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ ।

बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।

रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।

भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगङ्गा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिए । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ ।

हावाहुरीसँगै असिनापानी परेको थियो । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मङ्गला–३ बरङ्जाका कृष्णलाल सापकोटाले बताए । क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण सङ्कलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ५६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि