गोदावरी मेयरका लागि एमालेबाट प्रदेश सांसदसहित ८ उम्मेदवार सिफारिस  « Khabarhub

गोदावरी मेयरका लागि एमालेबाट प्रदेश सांसदसहित ८ उम्मेदवार सिफारिस 


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – स्थानीय निर्वाचनका लागि ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफारिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ,प्रदेश कमिटी सदस्य मिठाराम केसी, जिल्ला कमिटी सदस्य चरसुन्दर महर्जन, प्रदेश कमिटी सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटी अध्यक्ष प्रभाकर थापा तथा स्थानीय नेता चित्रराज तिमल्सिना रहेका छन् ।

उपमेयरका लागि भने ८ जनाको नाम सिफारिस भएको छ ।

उपमेयरको सिफारिस हुनेहरुमा अनेमसंकी जिल्ला अध्यक्ष अन्नपूर्ण बस्नेत, जिल्ला कमिटी सदस्य प्रेमदेवी देशार, अनेमसंकी गोदावरी अध्यक्ष गौरी अधिकारी केसी, अनेमसं नगर कमिटी उपाध्यक्ष सबिना महर्जन नगर कमिटी सहसचिव रमी प्रधानाङ्ग र नगर सचिवालय सदस्य संगीता नापित  छन् ।

नगर कमिटी अध्यक्ष थापाका अनुसार जिल्ला कमिटीले नाम छाँटकाँट गरेर प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले उम्मेदवार उठाउने बताए । उनले भने, ‘वैशाखको पहिलो हप्तासम्म उम्मेदवार छनौट गर्ने योजना छ ।’

-न्युज कारखानाबाट

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ३२ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला