चार स्रष्टा सम्मानित « Khabarhub

चार स्रष्टा सम्मानित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – शुक्ला साहित्य सङ्गम तनहुँले विभिन्न विधामा चार स्रष्टालाई सम्मान गरेको छ । तनहुँको शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरिएको हो ।

शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठ पुरस्कृत भए । उनलाई नगद रु १५ हजारसँगै सम्मानपत्रले पुरस्कृत गरिएको छ । शुक्ला पुरस्कारबाट झापाका साहित्यकार जनार्दन दाहाललाई पुरस्कृत गरिएको छ । उक्त सम्मानको राशि रु १० हजार रहेको छ ।

शुक्ला प्रतिभा पुरस्कार तनहुँका साहित्यकार अनिल श्रेष्ठ र र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कार तनहुँका अनुप लामिछानेलाई प्रदान गरिएको छ । शुक्ला प्रतिभा पुरस्कारको राशि रु पाँच हजार र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कारको राशि रु दुई हजार ५०० छ ।

स्रष्टाहरुलाई वरिष्ठ साहित्यकार एवं प्राज्ञ सरुभक्त श्रेष्ठ, शुक्ला साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैरे र सङ्गमका संरक्षक शेषमणि आचार्यले सम्मान गरेका हुन्। संस्थाले नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टालाई सम्मान गर्दै आइरहेको पूर्वअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । सङ्गमले हरेक दुई वर्षका अवधिमा यो पुरस्कार प्रदान गरिरहेको छ ।

रु तीन लाखको अक्षयकोष स्थापना गरी पुरस्कृत गर्न थालिएको बताइएको छ । संस्थाले यसअगाडि शुक्ला विशिष्ट पुरस्कार कवि तथा साहित्यकार डा रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कार साहित्यकार धीरेन्द्र प्रेमर्षी, शुक्ला प्रतिभा पुरस्कार कवि जगन्नाथ पौडेल र सुष्मा सिग्देल तथा शुक्ला बाल प्रतिभा पुरस्कार अमृत ढकाललाई प्रदान गरेको थियो । सोही अवसरमा सम्मानित स्रष्टा जनार्दन दाहालको गजल सङ्गह ‘यी मान्छे यी नजर’ विमोचन गरिएको छ । दाहालको चौथो कृतिमा ८५ गजल समावेश छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : १४ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि