एमालेले आज देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने « Khabarhub

एमालेले आज देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने भएको छ।

पार्टीका तीन जना पूर्व अर्थमन्त्रीको र दुई जना राष्ट्रिय योजनाका आयोगका उपाध्यक्षको उपस्थितिमा आज पत्रकार सम्मेलन गरेर देशको आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्ने भएको हो ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा दिनेशचन्द्र देवकोटा र प्रा डा पुष्पराज कँडेलको उपस्थितिमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा दिउँसो २ बजे हुनेछ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि आक्रोशित एमालेले त्यसबारे पनि पार्टीको धारणा राख्नेछ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ३४ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै