‘फास्ट एन्ड फ्युरियस १०’ मा क्याप्टन मार्भल « Khabarhub

‘फास्ट एन्ड फ्युरियस १०’ मा क्याप्टन मार्भल


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माणधीन ‘फास्ट एन्ड फ्युरियस’ को दसौँ शृङ्खलामा ब्रि लार्सनको प्रवेश भएको छ ।

निर्मातासमेत रहेका अभिनेता भिन डिजेलले शनिबार फिल्ममा ब्रिको प्रवेश भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका हुन् । यसअघि मार्भल स्टुडियो निर्मित फिल्महरुमा ‘क्याप्टन मार्भल’ को भूमिका निर्वाह गर्दै आएकी ब्रि यसमा देखिने भूमिका बारे बताइएको छैन ।

उनलाई मार्भलका फ्यानहरुले क्याप्टन मार्भलु भनेर चिन्ने गरेका छन् ।

फिल्ममा ब्रिबाहेक जोसन ममुवा पनि नयाँ अनुहार हुने छन् । पछिल्ला केही फिल्मको हिस्सा रहेका रकले भिन डिजेलसँग काम गर्न अस्वीकार गरेपछि भिनले उनको ठाउँमा जोसनलाई ल्याएका थिए । जस्टिन लिनले निर्देशन गर्ने यो फिल्ममा बाँकी कलाकार अघिल्लो शृङ्खलाकै रहनेछन् । दसौँ र एघारौँ भाग पछि यो शृङ्खलाको अन्त्य हुने जनाइएको छ । आउँदो वर्षको मे १९ मा रिलिज हुने फिल्मको सुटिङ अझै सुरु भएको छैन ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : १६ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,