सरकारी अधिकारीको भेषमा चोरहरूले ६० फिट लामो फलामे पुल चोरेपछि… « Khabarhub

सरकारी अधिकारीको भेषमा चोरहरूले ६० फिट लामो फलामे पुल चोरेपछि…


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामीले चोरहरूले पैसा, गहना, मोटरसाइकल चोरेको त सुनेका छौँ । तर भारतको बिहार राज्यमा भने चोरहरूले सिङ्गो पुल नै चोरेर लगेका छन् ।

हिन्दुस्तान टाइम्सले जनाएअनुसार बिहारको रोहतस जिल्लास्थित विक्रमगञ्ज उपजिलाको अमियावर गाउँमा चोरहरुले ६० फिट लामो फलामे पुल चोरेर लगेका हुन् ।

सन् १९७२ मा अरा नहरमाथि बनाइएको उक्त पुल १२ फिट अग्लो रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रहरीका अनुसार चोरहरु पिकअप भ्यान, ग्यास कटर, जेसीबी र अरु उपकरणसहित आएका थिए । चोरहरुलाई उक्त पुल काट्न तीन दिनको समय लागेको थियो ।

सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार केही चोरहरुले आफूहरूलाई सरकारी अधिकारी बताएका थिए ।

प्रहरीका अनुसार चोरहरुले पुल उखेलेर लैजान स्थानीय सरकारी अधिकारीको समेत सहयोग लिएका थिए ।

पछि चोरहरुले झुक्याएको थाहा पाएर स्थानीय सिँचाइ विभागका अधिकारीहरुले नस्रिगञ्ज प्रहरी चौकीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ४२ बजे

आज २०८२ साल फागुन ७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ७ गते बिहीबार फागुन

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप