फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान शुरु « Khabarhub

फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान शुरु


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्समा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान शुरु भएको हो ।

स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुकी ८ बजेसम्म चल्ने जनाइएको छ । पहिलो चरणको राष्ट्रपतीय निर्वाचनका लागि १२ उम्मेद्वार चुनावी मैदानमा छन् ।

यद्यपि पहिलो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रोँ तथा दक्षिणपन्थी नेतृ मरी ले पेनबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । यद्यपि अझै पनि धेरै मतदाताहरू कसलाई मतदान गर्ने भनेर अन्यौलमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेको खण्डमा सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच आगामी २४ अप्रिलमा दोश्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

फ्रान्समा मतदानका लागि ४ करोड ९० लाख मतदाता योग्य रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि रुसी आक्रमण, मुद्रास्फीति तथा बढ्दो मूल्यवृद्धि, न्यून ज्याला, आप्रवासन समस्या लगायतका मुद्दाले यसपटकको चुनावमा प्रभाव पार्ने बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : १३ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति